Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 months ago

282




मुलुकको समृद्धिको लागि सुरुवात आफैबाट गर्नुपर्ने–भट्ट
loading...
मुलुकको समृद्धिको लागि सुरुवात आफैबाट गर्नुपर्ने–भट्ट

पर्वत–आजको आवश्यकता, प्रवासी पर्बतेहरुको एकता÷समुन्नत, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको व्यवस्थापनमा आयोजना भएको बृहत अन्तराष्ट्रिय भेला तथा साँस्कृतिक कार्यक्रमको आज दोस्रो दिन साँस्कृतिक कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गदै गैर आवसिय नेपाली संघका अध्यक्ष भवन भट्टले मुलुकको समृद्धिको लागि सुरुवात आफैबाट गर्नुपर्ने बताउनु भएको छ । प्रवासमा बसोबास गर्ने प्रत्येक नेपाली समृद्धि मुलुकसँग जोडिने हुँदा विभिन्न किसिमका सीप, व्यवसाय तथा शिक्षामार्फत नेपाललाई समृद्धि बनाउन सकिने कुरामा जोड दिनुभयो । गैर आवसिय नेपाली संघले मुलुकको विकासमा जस्तोसुकै सहयोग गर्ने पनि तयार रहेको बताउँदै सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको विकास र समृद्धिमा देखाएको एकता र सद्भावले सवै नेपालीलाई प्रेरण दिएको बताउनु भयो । कार्यक्रममा गैर आवसिय नेपाली संघका उपाध्याक्ष कुल आचार्यले मुलुकको विकासमा सहयोग गर्न एन.आर.एन तयार रहेको जिकिर गर्नुभयो ।

उहाँले  ६०र७० लाखको हाराहारिमा विदेशिएका नेपालीले आफ्नो समृद्धिको केही अंश आफ्नो परिवार, गाउँ र समाजसँग जोड्ने हो भने देश विकासमा ठूलो योगदान पुग्ने कुरामा जोड दिनुभयो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)