Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 months ago

354




संस्थावाट मैले कुनै लाभ लिनु छैन –अध्यक्ष पुरन गिरी
loading...
संस्थावाट मैले कुनै लाभ लिनु छैन –अध्यक्ष पुरन गिरी

पर्वत– अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले आफुले संस्थावाट कुनै लाभ नलिने बताउनु भएको छ । अन्तराष्ट्रिय पर्वत समाजले यूएईमा आयोजना गरेको दुई दिने बृहत भेला तथा साँस्कृतिक कार्यक्रम सम्पन्न पश्चात धन्यवाद ज्ञापन गदै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले आफुहरुले पर्वत जिल्लाको विकास र समृद्धिमा हातेमालो गर्ने अभियान थालेको बताउँदै सवै पक्षवाट इमान्दारितापूर्वक काम भएमा मुलुकको समृद्धि छिट्टै हुनेमा जोड दिनुभएको छ । संस्थालाई आफ्नो शरिरको अंगको रुपमा लिएको बताउँदै गिरीले संस्थावाट आफुले कुनै लाभ नलिने उद्घोष गर्नुभयो । आफुहरुले खाजा खर्च बापत संकलन गरेको रकम जिल्लाको विकास र समृद्धिमा खर्च गर्न लागेको बताउँदै ‘एक थुकी सुकी सय थुकी नदि’को उदाहरण दिनुभयो । उहाँले सवैले मिलेर अगडी बढे मात्र जिल्लामा छिट्टै समृद्धि भित्रिने जिकिर गर्नुभयो ।

जन्मभूमीको विकास र समृद्धिका लागि यूएईमा भएको भेलाले पर्वत जिल्लाको विकासमा टेवा पुग्ने उहाँको भनाई छ । साथै अन्तराष्ट्रिय पर्वत समाजले यूएईमा आयोजना गरेको कार्यक्रमले थप उर्जा मिलेको उहाँको भनाई छ । ‘कार्यक्रममा यहाँहरुको सक्रिय सहभागिताले हामीलाई हौसला मिलेको छ,गिरीले भन्नुभयो ‘तपाईहरुको माया र हाम्रो संस्थाप्रति देखाउनु भएको विश्वास हामीले गिराउने छैनौँ ।’ साथै कार्यक्रममा उपस्थित भएर हामीलाई हैसला प्रदान गर्ने, सल्लाह सुझाव दिने, सहयोग गर्ने सम्पूर्ण व्यक्ति सं–संस्थालाई मनैदेखी धन्यवाद दिन चाहान्छु ।

साथै कार्यक्रममा उपस्थित हुने गैर आवसिय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायत पर्वतवाट निर्वा्चित जनप्रतिनिधी, विभिन्न संघ–संस्थाका प्रतिनिधी, समाजसेवी, बौद्धिक व्यत्तित्व, राजनितिज्ञ,पत्रकार लगायत पर्वत समाज यूएईका पदाधिकारी, अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारी सम्पूर्णलाई धन्यवाद दिँदै आगमी दिनमा यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)