Correspondent, ParbatNepal
7 years ago
1695
पर्वत । कालीगण्डकी करिडोर प्रसारण लाईनको निर्माण कार्य सुचारु हुने भएको छ । रुख काट्ने अनुमति नपाउँदा प्रभावित भएको प्रसारण लाईनको काम कटान अनुमति पाएपछि पुन सुचारु हुने भएको हो ।
रुख काट्न गर्न बन कार्यालयले अनुमति दिएपछि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको काम सुचारु भएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो ।
म्याग्दीमा ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २।५८ हेक्टर जग्गा उपभोग गर्न दिने सरकारको निर्णय अनुसार डिभिजनले रुख कटान आदेश दिएको हो ।
पर्वत र म्याग्दीका ११ वटा सामुदायिक वनमा पर्ने ४ हजार २०८ वटा रुख काट्ने आदेश दिएको डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताउनुभयो ।
एशियाली विकास बैङ्कको सहयोगमा सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सब स्टेशन निर्माण गर्न २ अर्ब ९० करोड रुपैयामा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
