Correspondent, ParbatNepal
7 years ago
1965
पर्वत । पर्वत सवारी दुर्घटना न्यूनिकरणको लागि बिभिन्न कार्यक्रम संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले आईतबार पनि सवारी साधनहरुको अवस्थाको बारेमा चेकजाँच गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आईतबार बिहान ७ बजे देखी १० बजेसम्म कुश्मा नगरपालिका ६ शिवालयचोकमा सवारीहरुको अवस्थाको बारेमा जाँच गरिएको हो । कुश्मादेखि जिल्लाका बिभिन्न ग्रामिण क्षेत्रमा आवतजावत गर्नेदेखि बागलुङ, कुश्मा र पर्वतबाट अरु जिल्लाका लागि बाहिरीने र अरु जिल्लाबाट भित्रिएका सवारीहरुको अवस्थाको जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिनुभयो ।
चेकजाँचको क्रममा साना तथा ठुला सवारीसाधनको ईन्जिनको अवस्थाको बारेमा सवारी सम्बन्धी मेकानिकल सहित प्रहरीको टोलीले निरीक्षाण गरिएको थियो । आज बिभिन्न ४० ओटा सवारी साधनको यान्त्रिक अवस्थाको बारेमा पूर्ण रुपमा जाँच गरिएको र कमजोरी रहेको्हरुलाई आवश्यक परामर्श सहित कार्वाही गरेर मर्मतको लागि ग्यारेजमा पठाईएको पनि ट्राफिक प्रहरी प्रमुख गौलीले जानकारी दिनुभयो ।
