Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

186




पर्वतका सिडियोको अर्का प्रशंसायोग्य काम : ५२ बर्षदेखि अलपत्र नागरिकताको अभिलेख व्यवस्थापन
loading...
पर्वतका सिडियोको अर्का प्रशंसायोग्य काम : ५२ बर्षदेखि अलपत्र नागरिकताको अभिलेख व्यवस्थापन

पर्वत जिल्ला प्रशासन कार्यालय पर्वतमा विगत ५२ वर्षदेखिको अभिलेख व्यवस्थापन गर्न थालिएको छ । २०२३ सालदेखि नागरिकता जारी गर्न थालेको जिल्ला प्रशासन कार्यालयले ५२ वर्षपछि अभिलेख व्यवस्थापन गर्न थालेको हो । अहिलेसम्म कागजपत्रहरु सेतो कपडाभित्र पोको पारेर राख्ने गरिएकोमा पहिलोपटक फाईलिङ्ग गरेर व्यवस्थापन गर्न लागिएको हो । विगत सात वर्षदेखि कम्प्युटर प्रणालीमार्फत नागरिकता वितरण गर्दै आएपनि त्यस अघि वितरण गरिएका नागरिकताका फाईलहरु र वितरण गरिएका नागरिकताको विवरणहरु हराउन सक्ने भन्दै व्यवस्थापन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

उनका अनुसार आफु सरुवा भएर पर्वत आएदेखिनै अभिलेख व्यवस्थापनलाई प्रभाकारी ढंगले अघि बढाएको बताउनुभयो । अब जुनसुकै वर्ष निकालेको नागरिकताको विवरण हेर्नु परेपनि तत्काल भेटिन्छ उहाँले भन्नुभयोे, ‘यसले गर्दा कुनैपनि व्यक्तिले दाहोरो नागरिकता लिनसक्ने अवस्था रहँदैन । भने कर्मचारीलाई खोज्नका लागि पनि सहज हुनेछ ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट हालसम्म २ लाख १९ हजार १ सय ६३ वटा नागरिकता वितरण भएका छन् । जसमध्ये वंशजका आधारमा नागरिकता लिनेको संख्या २ लाख १८ हजार ८ सय ५, जन्मसिद्ध नागरिकता २, वैवाहिक अंगिकृत नागरिकता १ सय ३७ र कर्मचारी परिवार २१९ जनाले नागरिकताको प्रमाणपत्र लिएको तथ्यांक रहेको छ । अहिले जिल्लाको जनसंख्या एक लाख ४८ हजार रहेको छ । जनसंख्या भन्दा भन्दा झण्डै ७१ हजार बढि नागरिकता जारी भएको कार्यालयले जनाएको छ ।

यी सवै नागरिकताको विवरण कम्प्युटर प्रणालीमा पनि संलग्न गरिएको छ । कहिलेकाँही प्रविधिमा पनि समस्या आउने भएकाले अभिलेखलाई व्यवस्थित बनाएर राखिएको प्रमुख जिल्ला अधिकारी ढकाललको भनाई छ । कहिलेकाँहि कम्प्युटरमा पनि समस्या आउन सक्छ ढकालले भन्नुभयोे–‘त्यसैले प्रत्येक महिना र वर्षका कागजपत्रहरुलाई फाईलिङ्ग गरेर राखिएको छ ।

सम्बन्धित समाचार ( मुख्य खबर)