Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1757




विप्लव समूहको बन्द प्रभाव पर्वतमा विहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चलेनन्
विप्लव समूहको बन्द प्रभाव पर्वतमा विहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चलेनन्

पर्वत– नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पर्वतमा परेको छ ।  लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारण समस्यामा परेका छन् ।

बन्दका कारण शैक्षिक संस्थाको खुल्न सकेका छैनन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा नेपाल बन्दको आश्वान गरेको हो ।

साथै कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै आज आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ ।

जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था निकै कडा पारिएको पर्वत प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)