Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1670




विकासका काम कुनै बाहनामा रोकिनुहुन्न : तिमिल्सिना
विकासका काम कुनै बाहनामा रोकिनुहुन्न : तिमिल्सिना

चैत्र ३ पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै पनि बाहनामा विकासका काम रोकिन नहुने बताउनुभएको छ । गृहजिल्ला पर्वतमा आज ३ ठाउँमा आयोजित विभिन्न कार्यक्रममा सरिक हुनुभएका तिमिल्सीनाले विकासका काम कुनै पनि बाहनामा रोकिनु देशकै लागि दुर्भाग्य हुने बताउनुभएको हो । उहाँले बजेटको अभाव हुन नदिन सरकारले चासो दिनुपर्ने र निर्माण पक्षले तोकिएकै समयमा काम सक्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

अबका दिनहरु मुलुकको आर्थिक समृद्धि र विकास निर्माण गर्ने भएकाले चालु योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न र शुरु हुन नसकेका योजनाहरुलाई तत्काल शुरु गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले आफु लामो समयदेखि पर्वतको विकासका बारेमा चिन्तित र सक्रिय समेत रहेको बताउँदै भन्नुभयो,– ‘तपाईहरु काम गर्नुहोस् बजेट ब्यवस्थापनको जिम्मा म लिन्छु ।’ उहाँले साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारवाट र ठुला योजनाहरु संघीय सरकारले हेर्ने भएकोले तीनै तहको समन्वय र सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले अबको पाँच वर्षमा पर्वतमा विकास निर्माणले काँचुलि फेर्ने बताउँदै त्यसका लागि आम नागरिकले पनि तल्लो तहदेखिनै खबरदारी गर्नुपर्ने बताउनुभयो ।

योजनाहरु गुणस्तरीय हुनुपर्छ, तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ भन्ने विषयमा सरकार जिम्मेवार भएर लागेको बताउँदै अब ठेक्का ओगट्ने र विभिन्न बहानावाजी बनाएर काम नगर्ने प्रबृति त्याग्न पनि आग्रह गर्नुभएको छ । विकास निर्माणका योजनाहरुमा राम्रो काम गर्नेलाई राज्यले सम्मान गर्ने र नराम्रो काम गर्नेलाई कारवाहि गर्ने भएकाले सोहि अनुसार दिन दोगुना, रात चौगुना देखिने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माण कामा अबरोध नपु¥याउन समेत आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)