Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

90




पोखरामा बर्डफ्लू भेटिएपछि धौलागिरिमा कुखुरा आयातमा प्रतिबन्ध
loading...
पोखरामा बर्डफ्लू भेटिएपछि धौलागिरिमा कुखुरा आयातमा प्रतिबन्ध

चैत्र , पर्वत पोखरा लगायतका छिमेकी जिल्लाहरुमा बर्डफ्लू देखिएपछि धौलागिरीमा कुखुरा आयातमा रोक लगाइएको केही दिन यता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वत सहित साविक धौलागिरीका बागलुङ्ग, म्याग्दी मुस्ताङ्गमा समेत कुखुरा आयतमा रोक लगाइएको हो

पोखराबागलुङ्ग सडकको धौलागिरी प्रबेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा पन्छीजन्य बस्तुहरु आयतमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक रामजीप्रसाद पौडेलले जानकारी दिनुभयो कास्की, चितवन, मकवानपुर लगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाई

डिमुवाबाट बुधबार मात्रै चितवन पोखराबाट कुखुरा बोकेर आएका दुई वटा गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको कुस्मा म्याग्दी तथा जोमसोम तर्फ बिक्रीका लागि लगिदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो पौडेलका अनुसार पहिलो दिनमा सम्बन्धित ठाउँमा नै फिर्ता गराइएको पुन कुखुरा तथा मासु भित्राएको पाइएमा नष्ट गर्ने कार्बाही समेत गर्ने कार्यक्रम रहेको बताउनुभयो स्थानिय ब्यबसायी स्वास्थ्यकर्मीको समेत उपस्थितिमा भित्रन लागेका कुखुराहरु कुनै पनि प्रमाणित कागजात बिनै बिक्रीका लागि म्याग्दी मुस्ताङ्ग तर्फ लैजादै गरेको पाइएको थियो

कास्कीमा बर्डफ्लू देखिएपछि पर्वत सहितका छिमेकी जिल्लाहरु पनि उच्च जोखिममा रहेका छन छिमेकी जिल्लाबाट पंक्षीजन्य उत्पादनहरु बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)