Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1747




विप्लब माओवादीलाई पर्वत प्रशासनको भन्यो–‘हतियार बुझाउ’
विप्लब माओवादीलाई पर्वत प्रशासनको भन्यो–‘हतियार बुझाउ’

चैत्र ६, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले  जिल्लामा बिना ईजाजत राखिएका हातहतियार वा खरखजानाहरु फिर्ता गर्न निर्देशन दिएको छ ।

पछिल्लो समयमा देशमा हिंसात्मक तथा आपराधिक क्रियाकलापहरु बढ्दै गएको तथा नेत्र बिक्रम चन्द नेतृत्वको माओवादीले हतियारको प्रयोग बढाएपछि गृह मन्त्रालयले सबै जिल्लामाहरुमा निर्देशन पठाउँदै बिना इजाजत अबैध रुपमा राखिएका हतियारहरु फिर्ता गर्न भनेको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले पनि नागरिकले लाईसेन्स बिना राखेका हतियारहरु ३५ दिनभित्रमा फिर्ता गर्न भनिएको छ ।

कार्यालयका अनुसार दर्ता नगरिएका वा दर्ता गरिएको वयक्तिको निधनपछि हकवालाका नाममा नामसारी नभएका सबै हतियारहरु बुझाउन भनिएको छ । उक्त हतियारहरु जिल्ला प्रहरी कार्यालय पर्वत र नेपाली सेनाको ब्यारेकमा बुझाउन सकिने छ ।

मन्त्री परिषदको गत फागुन २८ गते बसेको बैठकले अबैध हतियारहरु नियन्त्रण गर्न भन्दै यो निर्णय गरेको थियो । प्रशासनले तोकेको समयमा हातहतियार बुझाउन ल्याएमा अबैध भएपनि कारबाही नहुने तर म्याद काटेपछि अबैध हतियार राखेको थाहा पाएमा प्रचलित कानुन अनुसार नै कारबाही गरिने पनि प्रशासनले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)