Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1699




बालक प्रयास कुँवर हत्यामा संलग्न जीवित रहेसम्म कैद बस्नुपर्ने फैसला
बालक प्रयास कुँवर हत्यामा संलग्न जीवित रहेसम्म कैद बस्नुपर्ने फैसला

पर्वत नेपाल । गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ ।

बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो ।

यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

आजीवन कैदको सजाय अनुसार व्यक्ति जीवित रहेसम्म कैदमै बस्नुपर्नेछ । फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका कसुरदार जीवित रहेसम्म कैदमा रहनुपर्नेछ । सार्कीलाई प्रयासको अपहरण गरी ज्यान मारेको अभियोगमा संहिताको दफा ४१ ९ग० बमोजिम आजीवन कैदको सजाय सुनाइएको हो ।हत्या गरेका बालक पर्वतको विहादी गाउँपालिका–२ बराचौरका वडाध्यक्ष ओमप्रसाद कुवँरका नाति हुन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)