Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 weeks ago

51




नयाँ बर्षसँगै पर्वतमा सडक महोत्सव हुँदै
loading...
नयाँ बर्षसँगै पर्वतमा सडक महोत्सव हुँदै

चैत ८ पर्वत । पर्वतमा आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक विकासमा पर्यटनलाई जोड्न भन्दै प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । नयाँ बर्ष २०७६ को अवसरमा जेसिज पर्वतले जिल्ला सदरमुकाम कुश्मा बजारमा सडक खाना महोत्सव आयोजना गरेको हो ।

यहि चैत्र ३० देखि २०७६ बैशाख २ गतेसम्म महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जेसिजले जनाएको छ । महोत्सवमा पर्यटक भित्राउन नेपाल पर्यटन बोर्ड, नेपाल सरकार पर्यटन मन्त्रालय, प्रदेश सरकार , उद्योग बाणिज्य महासंघ र जिल्लाका स्थानीय तह संगको सहकार्य गरिने जेसिज पर्वतले जानकारी दिएको छ ।

सडकमा खाउँ र सडकमै रमाउँ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले पर्वतलाई विश्वभर चिनाउने अपेक्षा लिईएको जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यले जानकारी दिनुभयो । महोत्सवमा २५ हजारसम्म पर्यटक भित्राउने लक्ष्य लिइएको छ । महोत्सव सम्पन्न गर्न २४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ ।

नेपालकै अग्ला चार वटा पुल, एसियाकै नमूना बञ्जिजम्प, मानव निर्मित यान्त्रिक पुल, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, मोदीबेनीधाम र सहस्रधारा झरनाको अवलोकन पनि महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ । जेसिजले यो महोत्सव सफल भएमा बर्षेनी महोत्सव आयोजना गर्ने लक्ष्य लिएको छ ।

पोखरामा आउने पर्यटकहरु पर्वत सम्म आउँदैनन् । पोखरामा आउने पर्यटकहरुलाई पर्वतमा पनि ल्याउन पोखराका पर्यटन व्यवसायीहरु संग सहकार्य गरिने भएको छ । जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा प्रथम सडक खाना महोत्सवका निर्देशक एव् पर्वत जेसिज अध्यक्षीय क्लवका अध्यक्ष शिवप्रसाद सुवेदी र जेसिज पर्वतका कार्यकारी उपाध्याक्ष केदार आचार्यले महोत्सवको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन महासचिव रामु शर्माले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा पर्वत जेसिजका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)