Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1659




पर्वतमा १८ बिद्यार्थी एसईइबाट बञ्चित
पर्वतमा १८ बिद्यार्थी एसईइबाट बञ्चित

साजन परियार साउन ९ पर्वत । पर्वतमा यो बर्षको एसईइ परिक्षामा १८ जना बिद्यार्थी परिक्षा दिन बञ्चित भएका छन् । जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख उद्धिमराज पौडेलले नियमित विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट उनी बञ्चित हुनुपरेको बताउनुभयो । परिक्षाबाट बञ्चित हुनेमा छात्र १० र छात्रा ८ जना रहेका छन् ।

जिल्लामा यसवर्षको परिक्षामा पर्वतमा १९ वटा केन्द्र तोकिएको छ । पर्वतमा परिक्षा दिने बिद्यार्थीको संख्या २ हजार ८ सय ७५ रहेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रको संख्या १ हजार ४ सय ८ र छात्राको संख्या १ हजार ४ सय ६७ रहेको छ ।

१९ केन्द्रमा १९ जना केन्द्राध्यक्ष, २० सहायक केन्द्राध्यक्ष, १४४ निरीक्षक, २८ जना सहायक कर्मचारी, ५८ जना सहयोगी र एउटा केन्द्र्रमा अधिकतम १५ जना प्रहरी खटिने भएका छन् । होम सेण्टर कुनै पनी बिद्यालयमा छैन । प्रश्नपत्र र पुस्तिकाहरु परिक्षा केन्द्र नजिकैको प्रहरी चौकीमा पुगिसकेको जनाइएको छ । केन्द्राध्यक्षहरु पनि केन्द्रमा पुगेर सबै तयारी पुरा गरेका छन् ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)