Correspondent, ParbatNepal
7 years ago
1462
साउन
९ पर्वत । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले सरकारी डाक्टरलाई काममै
खटाउन समस्या भएको गुनासो गर्नुभएको छ । पर्वत अस्पताल बिकास समितिले हिजो आयोजना गरेको
भेटघाट कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री पुनले डाक्टरले बिरामी जाँच्न ठाउँमा
जानै नखोज्दा काममा खटाउन कठिन भएको गुनासो गर्नुभएको हो ।
राज्यको
सुबिधामा पढेका डाक्टर समेत काम खटाएको ठाउँमा नजानका लागि न्वारन देखिको बल लगाउने
गरेको अनुभब सुनाउँदै मन्त्री पुनले सरकारको सुबिधामा पढेपछि राज्यका लागि पनि योगदान
गर्नुपर्ने धारणा राख्नुभयो ।
डाक्टरहरु
सघ अन्र्तगत रहेकाले पनि प्रदेश सरकारले आवश्यकताका आधारमा जनशक्ति खटाउन समस्या परेको
बताउँदै आएका छन । प्रदेश सरकारले बजेट बिनियोजन गर्ने समयमा धेरै अस्पतालहरु संघ र
स्थानिय तह अन्र्तगत रहेको र अहिले प्रदेश मातहत जाँदा बजेट ब्यबस्थापनमा समस्या भएको
पनि बताउनुभयो ।
पर्वत
अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले पर्वत अस्पतालमा जनशक्ति अभाब भएको,
औषधी खरिदका लागि नगरपालिकालाई बजेट दिइएकाले समस्या भएको, डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि आवास सुबिधा
नहुदा नियमित काममा खटाउन समस्या परेको बताउनुभयो । अस्पतालमा एम्बुलेन्स चालक नहुँदा
काममा समस्या भएको लगायतका समस्या अस्पतालका तर्फबाट निमित्त सुपरिटेण्डेन्ट डा. सन्तोषी
थपलियाले राख्नुभएको थियो ।
