Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1831




पर्वतमा पर्यटकलाई सत्कार गर्न महिलाहरुलाई सिप सिकाँइदै
पर्वतमा पर्यटकलाई सत्कार गर्न महिलाहरुलाई सिप सिकाँइदै

चैत्र ११, पर्वत । पर्वतको कुश्मामा पर्यटकहरुको आवागमन बाक्लिँदै गएपछि यहाँका महिलाहरु पर्यटकहरुलाई स्वागत गर्ने सीप सिक्न थालेका छन् । पर्यटकहरुलाई आथित्यता दिन र उनीहरुको बसाई लम्वाउन सकिने उपायहरुको सिकाई गर्न महिलाहरु अग्रसर भएका हुन् ।

जिल्लामा नेपालकै अग्ला झोलुङगेपुल, वञ्जिजम्प, यान्त्रिक पुल, गुफाहरु र झरनाहरु रहेका छन् । ती पर्यटकिय स्थलहरुमा पर्यटकहरु आउने गर्छन । पर्यटकिय स्थलमा आउने पर्यटकहरुलाई स्वागत सत्कार गर्ने, उनीहरुको रुची अनुसारको खाना ख्वाउने र पर्यटकलाई गर्ने व्यवहारका बारेमा महिलाहरुले सीप सिक्न थालेका हुन् । सामुदायिक रेडियो दिदिबहिनी र कुश्मा नगरपालिका वडा नम्वर–७ को आयोजनमा दुई दिने पर्यटक आतिथ्यता तालिम शुरु भएको छ ।

आज र भोली चल्ने तालीमामा स्थानीय महिलाहरुको सहभागिता छ । तालिमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरले पर्यटन र कृषिलाई जोड दिएको बताउनुभयो । जोशीले पर्यटकलाई स्वागत सत्कार आतिथ्यता ब्यवस्थापनमा ध्यान दिन जुरुरी रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै रेडियो दिदि बहिनीका अध्यक्ष कल्पना चापागाईले पर्यटन क्षेत्र उच्च प्राथमिकतामा परेको बताउँदै पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवामा ध्यान दिन सुझाव दिनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थपलिया,ससत्र प्रहरी वल चण्डिका गणका गणपति रमेशकुमार सुवेदी , प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी ,केवल जंग गुल्मका गुल्मपति शिवप्रसाद सुबेदी, पत्रकार महासंघका सचिब गणेश गिरि लगायतले बोल्नुभएको थियो ।

दुई दिन सम्म चल्ने कार्यक्रममा पर्वतमा पर्यटन भित्राउनको लागि आवस्यक स्वागत ,आतिथ्यता ,व्यवस्थापनमा कसरी गर्ने भन्ने बारे जानाकारी दिने नेपाल पर्यटन बोडका प्रशिक्षक झंकप्रसाद ढकालले बताउनुभयो । दुई दिन स्म्म चल्ने तालिममा झंक प्रसाद ढकाल ,तथा उर्जा ल्यावका कार्यकारी बिबेब सापकोटाले सहजीकरण गर्नुहुने भएको छ ।

रेडियो दिदिबहिनीका अध्यक्ष कल्पना चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कश्मा नगरपालिका वडा नं ७ का वडा सदस्य पर्शुराम पुरी र संचालन कुस्मानगर पालिका वडा कार्यालय ७ का वडा अध्यक्ष सुवास पौडेलले गर्नुभएको थियो ।  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)