Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1564




पर्वतमा अवैध हतियार बुझाउन कसैले पनि मानेनन्
पर्वतमा अवैध हतियार बुझाउन कसैले पनि मानेनन्

चैत्र १३, पर्वत पर्वतमा अवैध हतियार राखेकाले सरकारी अनुरोध अटेर गरेका छन् । अवैध हतियार फिर्ता गर्न जिल्ला प्रसासन कार्यालयले अनुरोध गरेको आज १४ दिन बितेपनि हतियार फिर्ता गर्न कोहि पनि आएका छैनन् ।

जिल्लामा हतियार फिर्ता गर्न अनुरोध गरिएपछि अहिले सम्म हतियार फिर्ता गर्न कोहि पनि नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । उहाँले अवैध हतियार फिर्ता गर्न ठाउँ ठाउँमा खबर गरेको बताउनुभयो । तिवारीले मातहतका प्रहरी र जनप्रतिनिधी मार्फत सुचना प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

जिल्लामा २८५ जनाले हतियार लिने अनुमती लिएको भएपनि नियमित रुपमा हतियारको नविकरण जम्मा ६० जनाले मात्रै गर्दै आएका छन् । २२५ जनाले नियमित हतियारको नविकरण नगरेको जिल्ला प्रसासन कार्यालयको रेकर्डले देखाउँछन् । नेपाल सरकारले ३५ दिनभित्र हतियार फिर्ता गर्न अनुरोध गरिरहेको छ । तोकिएको दिन सम्म हतियार नबुझाए हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार कारवाहि हुने सरकारले जनाएको छ ।

जिल्ला प्रसासन कार्यालयका अनुसार अधिकाँश संग बाह्र बोर, नलकटुवा र भरुवा बन्दुक रहेको पाइएको छ । विप्लव माओबादीलाई प्रतिबन्ध लगाएपछि सरकारले सर्वसाधारणहरु संग हतियार मागेको हो । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)