Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1879




रक्सी पिएर आफ्नै साथीको हत्या गर्ने दुई जना पक्राउ, एक जना फरार
रक्सी पिएर आफ्नै साथीको हत्या  गर्ने दुई जना पक्राउ, एक जना फरार

चैत्र १४, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले आफ्नै साथीको हत्या गरी फरार भएको दुई जनालाई पक्राउ गरेको छ ।

पर्वतको मोदी गाउँपालिका–८ चित्रेका सन्तोष भन्ने गंगाप्रसाद वि.कको हत्या गरि जंगलमा लुकिछिपी बसेको अवस्थामा सोही स्थानका २३ बर्षिय दलवहादुर नेपाली र सन्तोष सुनारलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

सोही घटनामा संलग्न कृष्णवहादुर सुनार फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । मृतक गंगाप्रसाद वि.क, प्रकाउ तथा फरार अभियुक्त चैत्र १२ गते मादक पदार्थ सेवन गरि घर फर्किने क्रममा सामान्य विवाद भएपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

प्रकाउ परेका प्रतिवादीहरुलाई ज्यान सम्बन्धि मुद्धामा ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)