Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1547




कालीगण्डकीमा गमी बढेसँगै ¥याफ्टिङ गर्नेको भीड
कालीगण्डकीमा गमी बढेसँगै  ¥याफ्टिङ गर्नेको भीड

चैत्र १६, पर्वत ।  जाडो मौसम सकिएर गर्मीयाम शुरु भएपछि कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने भीड बढेको छ । वर्खायाममा पानीको वहावका कारण र जाडो महिनामा पानी चिसो हुनाले खासै ¥याफ्टिङ चल्दैन । तर, गर्मीयाममा भने ¥याफ्टिङमा आउनेहरुको भिड लाग्ने गरेको छ ।

चैत पहिलो हप्तादेखी भने जलयात्रामा दैनिक ७० जनाको हाराहारीमा पर्यटकहरु जलयात्राका लागि आउने गरेको कालीगण्डकी ¥याफ्टिङ क्याम्पसका सञ्चालक होमबहादुर पुनले बताउनुभयो ।  आन्तरिक पर्यटक तथा वाह्य पर्र्र्यटकहरु ¥याफ्टिङमा आएपछि व्यवसायीहरुलाई भ्याइनभ्याई भएको छ ।

 कालीगण्डकीमा छोटो र लामो दुरीका ¥याफ्टिङ हुने गरेको छ । छोटो दुरीमा मालढुङगा देखि नयाँपुल सम्म ४ किलोमिटरको दुरीमा सञ्चालन हुँदै आएको छ भने लामो दुरीमा स्याङजाको मिर्मी सम्म सञ्चालन हुँदै आएको छ ।

पोखराका पर्यटन वयवसायीहरुले समेत कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि पर्यटकहरुलाई लिएर आउने गरेका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)