Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1620
साथीको हत्या गरि फरार रहेका मुख्य अभियुक्त प्रकाउ
चैत्र १६, पर्वत ।। पर्वतको मोदी गाउँपालिका–८ चित्रेका ३३ बर्षिय सन्तोष भनिने गंगाप्रसाद वि.को हत्या गरि फरार भएको मुख्य अभियुक्त प्रकाउ परेका छन् ।
फागुन १३ गते रक्सी पिएर घर फर्किने क्रममा विकको हत्या गरि फरार भएका सोही स्थानका ३३ बर्षिय कृष्णवहादुर सुनारलाई प्रहरीले आफ्नै घरका नजिकको बनमा लुकीछिपी बसेको अवस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले बताउनु भयो ।
प्रहरीले अन्य दुई जनालाई नियन्त्रणमा लिईसकेको छ । प्रकाउ परेका प्रतिवादीहरुलाई ज्यान सम्बन्धि मुद्धामा पहिलो पटक ६ दिन म्याद थप गरि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2543
सम्बन्धित समाचार ( मुख्य खबर)
