Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

184




दक्षिणवासीलाई खुशीको खवर : लुंखु—हुवास सडक कालोपत्रे हुँदै
loading...
दक्षिणवासीलाई खुशीको खवर : लुंखु—हुवास सडक कालोपत्रे हुँदै

चैत्र २६, पर्वत । पर्वतको लुंखु–हुवास सडक कालोपत्रे हुने भएको छ । ग्रामिण सडक संजाल सुधार आयोजना (आर.सि.आइ.पि.) ले लुंखु—हुवास सडक खण्ड को कालोपत्रे बहुबर्षिय ठेक्का प्रक्रिया अगाडी बढाउनको लागि सहमति दिए सँगै उक्त सडक कालोपत्रे हुने भएको हो । यस सडकले कुश्मा देखि पर्वतको दक्षिण सम्म छिचोल्ने भएका कारण यसलाई पर्वतको लाईफलाईनको रुपमा हेरिदै आइएको छ । 

महाशिला र पैयूँ गाँउपालिका जोड्ने २० कि.मि. सडक स्टिमेट अनुसार कालोपत्रे गरिने जनाईएको छ । फलेवास हुदै लुंखु सडक खण्डक अहिँले कालोपत्रेको लागि काम अगाडि बढिरहेको छ । अब लुंखु देउराली देखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मा देखि सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ । 

यो सडक प्रदेश सरकारले कालोपत्रे गर्न लागेको हो । उक्त सडक कालोपत्रेको लागि प्रदेश सरकारले २० करोड रकम बिनियोजन गरी ठेक्का प्रक्रिया अगाडि बढाएको छ । पर्वत क्षेत्र नं. २ का मुख्य सडक कालोपत्रे हुनेभएपछि स्थानियवासीमा खुसीयाली छाएको छ । 

बहुचर्चित उत्तर — दक्षिण जोड्ने कालिगण्डकी करिडोर अन्र्तगत विहादीको शिलाशालिग्राम देखि रानिपानी सडक खण्ड पनि कालोपत्र हुदै छ भने पैयूँको त्रिवेणी देखि टकलाक सम्मको सडक समेत मन्त्री लम्सालको पहलमा आर.सि.आइ.पि.ले कालोपत्रे गर्दै छ । उक्त सडक कालोपत्रे पछि अब स्याङ्जा देखि पर्वत जिल्लाको यातायातमा समेत सहजता आउने छ ।


सम्बन्धित समाचार ( मुख्य खबर)