Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

2 months ago

140




जनतालाई फोहोरको कहर, व्यवस्थापनमा सिमखेत यूवा क्लवको नजर
loading...
जनतालाई फोहोरको कहर, व्यवस्थापनमा सिमखेत यूवा क्लवको नजर


रोशन तिवारी चैत २६ पर्वत । हामीले जहाँ पायो त्यहिँ फाल्छौँ । आफुले फालेको फोहोर आफैँ सफा पनि गर्दैनौँ । बजारका मानिसहरु यति अल्छि छन् कि दैलोको फोहोर पनि अरुले आएर उठाएर फालिदिए हुन्थ्यो भनेर कुरेर बसेका देखिन्छन् । फोहोर व्यवस्थापनमा नागरिकहरुको बेवास्ता भैरहेको बेला पर्वतको फलेवासमा भने एक गाउँको क्लव फोहोर व्यवस्थापनमा जुटेको छ । 

फलेवास ३ शंकरपोखरीको सिमखेत यूवा क्लव फोहोर व्यवस्थापनमा जुटेर सबैलाई उदाहरण प्रस्तुत गरिरहेको छ । फोहोर व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाको हो । कर तिरेपछि नगरपालिकाले फोहोर उठाउनुपर्छ भन्ने नागरिकहरुको धारणा छ । तर, क्लव भने नगरपालिकाको भर नपरि आफैँ फोहोर व्यवस्थापनमा जुटेको छ । 

‘हामीले हाम्रो गाउँ नमूना बनाउन चाहान्छौँ,’ क्लवका अध्यक्ष सरोज खनालले भने,‘ फोहोर नगरपालिकाले उठाउन कुनै योजना बनाएको छैन । हामी आफैँ फोहोर व्यवस्थापन गर्ने जिम्मा लिन्छौँ ।’ उनले गाउँका सबै टोल टोलमा फोहोर बढेपछि त्यसलाई व्यवस्थित तरिकाले फाल्नका लागि डस्टविन वितरण गरेको जानकारी दिए । 


क्लवले शंकरपोखरीमा फोहोर फाल्न ८० वटा डस्टविन वितरण गरेको छ । क्लवले डस्टविन किन्न विभिन्न सहयोगी संग ५ सय देखि २ हजार रुपैयाँ सम्म सहयोग संकलन गरेको खनालले बताए । ‘हामीले अभियान शुरु गर्न लागेकोमा खुशी हुँदै रकम सहयोग गर्ने भेटिए,’ खनालले भने,‘सबैले सहयोग गरेपछि अभियान सफल हुन लागेको छ ।’ उनले यो अभियानले वातावरण सफा गर्नुपर्छ भन्ने चेतना बढेको बताए । 

शंकरपोखरी सफा बनाएर जिल्लाभरिकै नमूना गाउँको रुपमा विकास गर्ने क्लवले सोच बनाएको छ । क्लवले फोहोर व्यवस्थापनको अभियान चलाईरहँदा फलेवास नगरपालिकाले कुनै सहयोग नगरेकोमा स्थानीयबासीहरु खुशी छैनन् । नगरपालिकाले आफैँ फोहोर उठाउने दायित्व भएपनि क्लवले थालेको अभियानमा सहयोग गर्नुपर्नेमा नगरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन् ।  

सोमबार क्लवले डस्टविन वितरण गरेको हो । डस्टबीन वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सचिव बिश्वप्रकाश प्रसाईँले समाजका ब्यक्तिहरुले ठूलो मान्छे बन्नुभन्दा पनि असल मान्छे बन्ने प्रयास गरेमा समाजमा सकारात्मक सोचको विकास हुने बताउनुभयो । 


स्थानीय महिलाहरुलाई स्वालम्बी बन्नका लागि अनुरोध गर्दै उहाँले त्यसका लागि आँपूmले आप्mनो ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । क्लबले डस्बीन बितरण गर्नु उदाहरणीय काम भएको उल्लेख गर्दै  प्रमुख अतिथि प्रसाईँले नेताहरुमा बोलेर काम नगर्ने बानी रहेकोतर्पm संकेत गर्दै नेताहरुले काम गरेर बोलेमा मात्र नागरिकले नेताहरुप्रति विश्वास राख्ने बताउनुभयो । सिमखेत यूवा क्लबका अध्यक्ष सरोज खनालले डस्टबीन उपलब्ध गराउनुहुने बिभिन्न व्यक्तित्व तथा निकायहरुप्रति धन्यवाद त्रापन गर्दै साना कामहरु बाटै नै समाजको विकास हुने बताउनुभयो । आँपूm आप्mनो समाजको परिवर्तनको लागि सदैव लागिरहने उहाँको भनाई छ । 

कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व सदस्य महेन्द्रबहादुर कार्की, कर्मचारी संघ पर्वतका पूर्व अध्यक्ष होमनाथ अधिकारी, भूपू सैनिक संघ पर्वतका अध्यक्ष खड्कबहादुर कार्की, गणेश टोल विकास समितिका अध्यक्ष हेमप्रसाद अधिकारी, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार शिव, जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापा, प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, क्लबका सल्लाहकार शिव अधिकारी लगायतले बोल्नुभएको थियो । 

क्लबका अध्यक्ष सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सरस्वती कार्की र संचालन नेपाल विद्यार्थी संघ फलेवासका अध्यक्ष सन्तोष पाठकले गर्नुभएको थियो । कार्यक्रममा गाउँमा रहनुभएका ४ जना जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरेको थियो । 


सम्बन्धित समाचार ( मुख्य खबर)