Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

2 months ago

146




पर्वतमा सडक खाना महोत्सव शुरु
loading...
पर्वतमा सडक खाना महोत्सव शुरु


रोशन तिवारी चैत ३०,पर्वत । पर्वतको कुश्मामा सडक खाना महोत्सव शुरु भएको छ । नयाँ वर्ष २०७६ को अवर पारेर जेसीज पर्वतले महोत्सव आयोजना गरेको हो । आजबाट शुरु भएको महोत्सव पर्सीसम्म सञ्चालन हुने जनाईएको छ । सडकमै खाउँ, सडकमै रमाउँ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको आयोजकले आन्तरिक पर्यटन प्रवर्दन गर्न महोत्सव सफल हुने अपेक्षा लिएको छ ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्दै लम्सालले सरकारले लिएको पर्यटन प्रवर्दनको लक्ष्यमा यस्ता मेला महोत्सवले थप वल पुग्ने बताउनुभयो । मन्त्री लम्सालले गण्डकी प्रदेशको समृद्धीमा पर्यटन नै पहिलो आधार रहेको बताउँदै पर्यटकिय क्षेत्रहरुको पहिचान र पूर्वाधार विकासमा सरकारले ध्यान दिएको बताउनुभयो । स्थानीय महोत्सवहरुले पर्यटकिय ठाउँहरुको प्रचार गर्न सक्नुपर्ने लम्सालले बताउनुभयो । प्रदेश सरकारले पर्यटकिय संभावना भएका ११ वटै जिल्लाका विभिन्न ३ सय स्थानमा होमस्टे थप गर्ने, पदमार्ग निर्माण गर्ने,  महत्व भएर पनि लुकेका धार्मिक तथा पर्यटकिय स्थलहरुको उजागार गर्ने जस्ता कार्य गर्दै आएको मन्त्री लम्सालले बताउनुभयो ।

पर्वत प्रदेश ख का साँसद समेत रहनुभएका मन्त्री लम्सालले सडक खाना महोत्सवले पर्वतलाई देशभरि चिनाउने विश्वास व्यक्त गर्नुभयो । महोत्सव उद्घाटन अगाडी विभिन्न झाँकी सहितको ¥याली, बाजागाजा, जनजातीका नृत्य, भजनकिर्तन सहित कुश्माबजार परिक्रमा गरिएको थियो । आयोजक जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यले महोत्सवमा ३० हजार दर्शक भित्राउने लक्ष्य लिइएको बताउनुभयो । २५ वटा विभिन्न परिकार स्टल रहेको यो महोत्सवमा पर्वतमा उत्पादीत खानाका परिकार विक्रीका लागि राखिएका छन् । महोतसव सम्पन्न गर्न २० देखि २५ लाख खर्च लाग्ने अनुमान गरेपनि आम्दानीको भने अनुमान नगरिएको आचार्यले बताउनुभयो ।

। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले पर्वतमा रहेका धार्मिक पर्यटकिय क्षेत्र अतुलनिय रहेपनि हामीले ति स्थलहरुको समूचित विकास र प्रसारमा ल्याउन नसकिएको उल्लेख गर्नुभयो । उहाँले जिल्ला पर्यटनको क्षेत्रबाट समृद्ध बन्ने आधार हुँदै हुँदै पनि पछाडी परेकोमा दुख व्यक्त गर्दै अव तिनीहरुको समूचित विकासमा ध्यान दिनुपर्ने पौडेलले बताउनुभयो । 

उक्त कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुश्मा नगरपालिका भित्र पछिल्लो समय धार्मिक पर्यटकिय क्षेत्रहरुको खोजी र विकासका गतिविधि सञ्चालन भएको बताउँदै अव धार्मिक क्षेत्र पछाडी नपर्ने विश्वास दिलाउनुभयो । जोशीले कुश्मा नगरपालिकाले मात्रै सबै काम गर्न नसक्ने भएकाले सबैले हातेमालो गर्दै धार्मिक क्षेत्रको विकासमा हातेमालो गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, कुश्मा नगरपालिकाका नगर उपप्रमुख सीता काफ्ले लामिछाने, नेकपाका जिल्ला संयोजक भक्त कुँवर, नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सडक खाना महोत्सवका संयोजक शिवप्रसाद सुबेदी, कुश्मा नगरपालिका ११ का अध्यष शिवशर्मा पौडेल, कुश्मा नगरपालिका ५ का अध्यक्ष चित्रकला शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, बिराट गुप्तेश्वर धार्मिक मेला तथा कोटिहोम महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्मा लगायतले बोल्नुभएको थियो । 

आयोजक जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यले महोत्सवमा ३० हजार दर्शक भित्राउने लक्ष्य लिइएको बताउनुभयो । पर्वत जेसिजका अध्यक्ष अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत महोत्सब आयोजक समितिका संयोजक केदार आचार्य र सञ्चालन महासचिब रामु शर्मा तथा उपाध्यक्ष रिता केसी भण्डारीले गर्नुभएको थियो ।  


सम्बन्धित समाचार ( मुख्य खबर)