Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1887




अन्तराष्ट्रिय पर्वत समाजद्धारा बाढि –पहिरो पीडितलाई दोस्रो किस्ताको रकम हस्तान्तरण
अन्तराष्ट्रिय पर्वत समाजद्धारा बाढि –पहिरो पीडितलाई दोस्रो किस्ताको रकम हस्तान्तरण

बैशाख १६, पर्वत । पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका भएका पहिरो पीडितलाई आवास बनाउन अन्तराष्ट्रिय पर्वत समाजले दोस्रो किस्तावापतको रकम हस्तान्तरण गरेको छ । अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुवेदीले दोस्रो किस्ताको रकम जलजला गाउँपालिका–८ नाग्लिवाङका वडाध्यक्ष हरिविकास जिसीलाई हस्तान्तरण गर्नुभएको हो ।

दोस्रो किस्ता वापत ३ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । अन्तराष्ट्रिय पर्वत समाजले जलजला गाउँपालिका–७ र ८ का  तिन वटा घर बनाउन १२ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो । आवास बनाउन जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाज बीच सम्झौता भएको थियो ।

सम्झौता अनुसार पहिलो किस्ता वापत ४ लाख रुपैयाँ हस्तान्तरण गरिसकिएको छ भने अब तेस्रो किस्ता छिट्टै वितरण गरिने अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक सुवेदीले आवास निर्माणमा सम्झौता भए बमोजिमको रकम उपलव्ध गराउने बताउनु भयो । उहाँले अब तेस्रो किस्ताको रकम छिट्टै उपलव्ध गराउने जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)