Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

258




फलेवासमा मेयर कप हुँदै
loading...
फलेवासमा मेयर कप हुँदै

साजन परियार–पर्वत (फलेवास) –फलेवासको खेलकुद विकासमा सबैको साझेदारी समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारीभन्ने मुल नाराका साथ फलेवास नगरपालिकाको आयोजनामाप्रथम मेयर कप २०७६को आयोजना गरिएको पर्वतको फलेवास नगरपालिका देविस्थानमा संचालन हुन लागेको प्रतियोगितालाई प्रथम राष्ट्रति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद तथा प्रथम मेयर कप २०७६ नाम दिईएको

 बैशाख २७ देखि २९ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले जानकारी दिनुभयो फलेवास क्षेत्रमा भएका खेलाडीहरुको परिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मेयरले बताउनु भयो

साथै उहाँले नगरमा भएका खेलाडीको खोजी तथा पहिचान गरि आगमी दिनमा सोही अनुसारको तालिम तथा प्ररिक्षण प्रदान गरिने बताउनु भयो तीन दिनसम्म संचालन हुने प्रतियोगितामा नगरका ११वटै विद्यालयको सहभागितालाई अनिवार्य गरिएको नगरपालिकाले जनाएको

प्रतियोगितालाई संचालन गर्नको लागि नगरपालिकाले विभिन्न ११ वटा उपसमिति गठन गरेको समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गोपाल श्रेष्ठ संयोजक तोकेको त्यस्तै मेयर कपका लागि अच्युतकृष्ण श्रेष्ठलाई संयोजक तोकेको

समितिले सामग्री व्यवस्थापनको संयोजकमा पाराश्वर शर्मा, अफिसियल व्यवस्थापनको संयोजकमा प्रकाश शर्मा लम्साल, प्रचारप्रसार, छपाई, तथा पत्रचार उपसमितिको संयोजकमा कृष्णप्रसाद शर्मा, प्राथमिक उपचार व्यवस्थापन उपसमितिको संयोजकमा लालबहादुर थापा, ध्वनी व्यवस्थापन उपसमिति संयोजकमा लकास सुवेदी, मैदान÷स्टेज व्यवस्थापन उपसमिति संयोजकमा आशिष तिवारी, सास्कृतिक व्यवस्थापन उपसमिति संयोजकमामा कुलप्रसाद श्रेष्ठ, अतिथी सत्कार उपसमिति संयोजक निर्मला कुमारी भुसाल काफ्ले, जुरी तथा निर्णायक उपसमिति संयोजकमा विष्णुप्रसाद नेवार स्वयंसेवक परिचालन उपसमिति संयोजक राजकुमार सुनारलाई चयन गरेको  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)