Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

150




शालिग्राम शिलालाई आज कुश्माबजारमा रथयात्रा गराईदै
loading...
शालिग्राम शिलालाई आज कुश्माबजारमा रथयात्रा गराईदै


वैशाख ३० पर्वत । मोदीबेनी स्थीत नृसिँह मन्दिरबाट चोरी भएका शालिग्राम शिलाहरु क्षमा पूजा गरि पुन मन्दिरमा प्राणप्रतिष्ठा गरिने भएको छ । मन्दिरबाट चोरी भएका शिला भेटिएपछि क्षमा पूजाआजा गरि मन्दिर भित्राउन थालिएको नृसिँह मन्दिर संरक्षण समितिले जनाएको छ । 

आगामी जेठ ३ गते नृसिँह भगवानको जन्मदिनको अवसरमा क्षमापूजा र अखण्ड किर्तन गरि मन्दिर भित्राउन थालिएको हो । आज बैशाख ३० गते सदरमुकाम कुश्मा बजारमा शिलाहरुको रथयात्रा र शोभायात्रा गरि मोदीबेनीमा पु¥याईने नृसिँह मन्दिर मोदीबेनीका अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । बैरागीले विहान ११ वजे रथयात्रा, शोभायात्रा र भजनकिर्तन गरि शिलाको बजार परिक्रमा गरिने बताउनुभयो । गएको फागुन ४ गते चोरी भएका ४७ वटा शिला २० दिनपछि प्रहरीको व्यापक खोजी पछि भेटिएका थिए । शालिग्रामलाई हिन्दु धर्ममा साक्षत विष्णुको रुपका रुपमा पूजा गरिन्छ । शालिग्राम भएको घर मन्दिर जस्तै पवित्र हुन्छ भन्ने धार्मिक मान्यता समेत रहेको छ । 

मोदीबेनीबाट हराएका शालिग्राम शिला भगवानको शक्तिकै कारण फेला परेको जगतगुरु बालसन्तमोहन शरण देवाचार्यले समेत दाबी गर्दै आउनुभएको छ । उहाँले मोदीबेनी क्षेत्र र शालिग्राम जस्तो पवित्र भूमी नेपालमा अरु कुनै भूमी नै नभएको दाबी समेत गर्दै आउनुभएको छ । दुर्लभ मानिएको प्राचिन नृसिँह मन्दिरमा २ सय वर्ष पुराना र अति दुर्लभ शालिग्राम शिला संग्रह भएका छन् ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)