Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2843




अन्तरष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशन हुवासमा हुने
अन्तरष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशन हुवासमा हुने

जेष्ठ ७, पर्वत । अन्तरष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशन पर्वतको हुवासमा हुने भएको छ । जिल्लाको विकास र समृद्धिका लागि प्रवासीहरुद्धारा गठन गरिएकोे अन्तरष्ट्रिय पर्वत समाजले अक्टुवर २०१९ अर्थात असोज २३ गते पैयु गाउँपालिका–४ हुवासमा बृहत भेला तथा दोस्रो अधिवेशन गर्ने निर्याण गरेको हो ।

जिल्लाको सुदुरदक्षिण मानिने पैयुको विकासमा अन्तरष्ट्रिय पर्वत समाजले चोसो देखाउँदै आएको छ । भौगलिक बनावटले पछाडी परेको पैयु गाउपालिकामा अन्तराष्ट्रिय पर्वत समाजले प्रसुती गृह निर्माण गदै छ । दुबईमा सम्पन्न भएको बृहत भेलामा पैयुगाउपालिका प्रमुख खगेन्द्रप्रसाद तिवारीले भेलालाई सम्बोधन गदै अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशन पैयुमा राख्न आग्रह गर्नुभएको थियो । उहाँले अन्तराष्ट्रिय पर्वत समाजले पैयुको विकासमा चासो राखेको बताउँदै अधिवेशनलाई सम्पन्न गराउने जिम्मा आफुले लिने उद्घोष गर्नुभएको थियो । साथै संसारभरि छरिएर रहेका पर्वते दाजुभाई तथा दिदिबहिनीलाई स्वागत गर्न तयार रहेको बताउनु भएको थियो ।


साथै  प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल सेतीवेणी, पैयुकोटको प्रचारप्रसार तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सो स्थानमा आयोजना गरिएको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिनुभयो । अधिवेशनमा अन्तरष्ट्रिय पर्वत समाजमा सँग आवद्ध संसारभर छरिएर हरेका पर्वतेहरुको उपस्थिती रहने छ । पैयुको विकास सँगै पर्यटकिय क्षेत्रको प्रचारप्रसारका लागि पैयु गाउपालिका अन्तराष्ट्रिय पर्वत समाजले बृहत भेला तथा अधिवेशन गर्न लागेको महासचिव शर्माले बताउनु भयो ।

पैयु सँगै पर्वत जिल्लाको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले पैयुमा भेला आयोजना गरिएको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो । पैयुवाट समाजले कुन–कुन क्षेत्रमा लगनी गर्ने र संस्थाका भावी आयोजनाहर समते तय हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रमलाई सफल बनाउन संस्थाले गृहकार्य थालेको गिरीको भनाई छ ।


अधिवेशनलाई सफल र भव्य रुपमा सम्पन्न गराउने संस्थाले संयोजक तोकेको छ । संस्थाले सम्मेलन सम्पन्न गराउन नेपाल प्रतिनिधी मुना भुषाललाई व्यवस्थापन संयोजकको जिम्मा दिएको छ। संयोजकले स्थानीय निकाय र अन्तर्रा्ष्ट्रिय समिती सग समन्वय गरि समितिको पूर्णताका लागि अर्को बैठकमा प्रस्ताव गर्ने र सम्मेलन सम्पन्न गर्नका लागि आवश्यक पर्ने विभिन्न उप समितिको नाम आगमी वैठकमा पेश गर्ने समितिका सचिव मनि भुर्तेललाई जिम्मा दिने भएको छ । साथै अर्कावैठकले विभिन्न उपसमिति निर्माण गर्ने निर्णय गरेको अन्तरष्ट्रिय पर्वत समाजले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)