Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1630




पर्वत कलाकार समाज सवै सष्ट्राको साझा चौतारी हो – अध्यक्ष पन्त
पर्वत कलाकार समाज सवै सष्ट्राको साझा चौतारी हो – अध्यक्ष पन्त

पर्वत– पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष कस्तुप पन्तले पर्वत कलाकार समाज सवै सष्ट्राहरुको साझा संस्था भएको बताएका छन् । पर्वतको सदरमुकाम कुश्मा बजारमा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले पर्वत कलाकार समाज सवै सष्ट्राहरुको साझा चौतारी भएको दावी गरे ।

 ‘कला साहित्य र पत्रकारिताको माध्ययमबाट जिल्लालाई अन्तराष्ट्रिय जगतमा चिनाउन संस्था खोलेका हौँ ।,’ उनले भने । जिल्लामा लोकसंस्कृती साहित्य र सो विषयमा सम्बन्धित रहेर कमल चलाउने सवै पत्रकारलाई एकिकृत गरि साझा संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ संस्था स्थापना गरेको जिकिर गरे । ‘यो संस्था लोक र आधुनिक गित गाउने कलाकारको मात्र होईन, उनले भने,‘यहाँ रंग र साहित्य सँग सम्बन्धी कलम चलाउने पत्रकारको पनि अटाउँछन्,’ । साथै उनले पर्वत जिल्लामा रहेका स्थानीय कलाकारहरुलाई पनि संस्थासँग जोडिन् आग्रह गर्नुभयो ।

कलाकार पन्तले संस्थाले  एकल साँझ गर्ने लागेको जानकारी पनि दिए । ‘संस्थाले पर्वत संस्कृति साँझ गर्ने तयारी थालेको छ, पहिला काठमाडौँमा गरेर पर्वत आउने कुरा छ,’उनले भने । ‘हामीले असरमा गर्ने तयारी गरेका थियौँ, यो महिना कोलिजिङको समय भएकाले समस्या भयो । अव तिज पछाडी दशै अगडी संगित साँझ गर्ने तयारी थालेका छौँ,’। संस्थालाई सफल रुपमा अगडी बढाउन पत्रकारहरुको अहम भूमिका रहेको बताउँदै कलाकार र पत्रकार समाज परिर्वतनको सूचक रहेकाले सहकार्य गरेर अगडी बढ्ने बताए ।

 केहि समय अगाडि राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पर्वत कलाकार समाजका संस्थापकहरुलाई सम्मानित गरिएको जानकारी दिँदै पन्तले आगामी दिनहरुमा अन्य व्याक्तिहरुलाई सम्मानित गर्दै जाने वताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)