Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1933




प्राइमलाईफ इन्सोरेन्स बिमा कम्पनी १२ प्रवेशमा प्रवेश
प्राइमलाईफ इन्सोरेन्स बिमा कम्पनी १२ प्रवेशमा प्रवेश

मिना पराजुली, जेष्ठ २२, पर्वत । प्राइमलाईफ इन्सोरेन्स बिमा कम्पनीले आफ्नो १२ औँ बार्षिकत्सव बुधवार मनाईएको छ । कम्पनी स्थापना भएको ११ बर्ष पुरा भई १२ पर्वत औँ प्रवेश गरेको उपलक्ष्यमा प्राइमलाईफ इन्सोरेन्स कम्पनी कुश्मा शाखाले आफ्नो बार्षिकत्सव मनाएको हो ।

उक्त अवसरमा बिमा कम्पनीका अभिकर्ता, विमित तथा स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्राइमलाईफ इन्सोरेन्स बिमा कम्पनी कुश्मा शाखाका प्रमुख मुकुन्दप्रसाद भट्टाराईले प्राइमलाईफ इन्सोरेन्स कम्पनी जिल्लाकै उत्कृष्ट विमा कम्पनी भएको दावी गर्नुभयो । उहाँले हरेक व्यक्तिले अनिवार्य रुपमा जिवन विमा गर्नुपर्ने बताउनु भयो ।

जिवनमा आउने भईपरी समस्यालाई न्यूनिकरण गर्न सहयोग पुग्ने भएकाले प्रत्येक नेपालीले जिवन विमा गर्न आग्रह गर्नुभयो । उक्त विमा कम्पनी ऐन २०५३ अन्तर्गत स्थापित विमा ऐन २०४९ अन्तर्गत विमा समितिवाट जिवन विमा व्यवसाय गर्न स्वीकृति लिएको हो ।



 धेरै शाखावाट सेवा दिँदै आएको कम्पनीको विमित संख्या २० लाखको रहेको छ । आज भएको कार्यक्रमको संचालन एजेन्सी म्यानेजर लक्ष्मी तिवारी रिजालले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)