Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

108




मनकारी सुस्मिता : जन्मोत्सवमा बेलायतवाट विद्यार्थीलाई पोशाक उपहार
loading...
मनकारी सुस्मिता : जन्मोत्सवमा बेलायतवाट विद्यार्थीलाई पोशाक उपहार

जेष्ठ , पर्वत जन्मोत्सवमा उपहार लिने चलन छन तर, यहाँकी एक छात्राले आफ्नो जन्मोत्सवमा विपन्न समुदायका बालबालिकालाई उपहार स्वरुप पोषाक वितरण गरेकी छन्

पर्वतको कुस्मा घर भई बेलायतमा अध्ययन गर्दै आएकी सुिस्मता गिरीले कुस्मा नगरपालिका वडा नं गोदाम स्थित युवा बर्ष आधारभूत बिद्यालयमा अध्ययन गर्ने सबै बिद्यार्थीलाई पोशाक उपहार दिएकी हुन् उनले आफ्नो जन्मदिनमा गरिने फर्जुल खर्च कटाएर युवा बर्ष आविका विद्यार्थीलाई पोशाक वितरण गरेकी छन् गिरीले गत बर्ष पनि आफ्नो जन्म दिन पारेर बिद्यालयका सबै बिद्यार्थीलाई झोला शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो

अधिकाँश दलित समुदायका बिद्यार्थीले अध्ययन गर्दै आएको बिद्यालयमा बिद्यार्थीका लागि पोशाकको आवश्यकता भएको जानकारी पाएपछि गिरीले उपहारको रुपमा पोशाक सहयोग गरेको हजुर बुवा कलधर गिरीले बताए बिद्यार्थीलाई उपहार पठाउने गिरी पर्वत समाज अन्तराष्ट्रियका अध्यक्ष पुरन गिरीकी छोरी हुनुहुन्छ

पोशाक बितरण कार्यक्रममा गिरीका अंकल तथा नेकपा कुस्मा नगरकमिटीका अध्यक्ष शंकर गिरीले सदरमुकाम कुस्मामा भएपछि पछाडी परेको बस्तीका बालबालिकालाई शैक्षिक अवसर लिन सहयोग पुगोस भनेर सहयोग भएको बताउँदै बिद्यार्थी अभिभावकले शिक्षालाई प्राथमिकतामा राख्न सके भबिश्यमा सक्षम नागरिक उत्पादन गर्न यस्ता सहयोगले प्रोत्साहन दिने धारणा राखे

कुस्मा नगरपालिका वडा नं का अध्यक्ष सुवासचन्द्र पौडेलले वडा भित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक भौतिक सुधार गरि नमुना बिद्यालय बनाउने काममा लागि रहेको बताउँदै सामुदायिक बिद्यालयमा सुधार नगरे सम्म तल्लो तहका नागरिकहरु राज्यको मुल प्रवाहमा आउन कठिन हुने धारणा व्यक्त गरे

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डम्बरबहादुर नेपालीले सदरमुकाम कुस्माबजारमा रहेको भएपनि बिभिन्न कारणले पछि परेको बिद्यालयलाई भौतिक शैक्षिक रुपमा सुधार गर्दै अघि बढेको जानकारी दिए कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक खड्गराज पुरी, शिक्षक हरिप्रसाद आचार्य लगायतले बोल्नुभएको थियो   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)