Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

69




शिविरमा बृद्धबृद्धा देखि युबाले लिए निशुल्क स्बास्थ सेवा
loading...
शिविरमा बृद्धबृद्धा देखि युबाले लिए निशुल्क स्बास्थ सेवा

पर्वत नेपाल- संवाददाता हातमा लौरि हस्याङफस्याङ गर्दै आएकी फलेबास नगरपालिका की छनक कुमारी पौडेलले घरदैलोमै राम्रो डाक्टर निशुल्क चेकजाँच पाउने आस अहिले सम्म गरेकि थिईनन पटक पटक बिरामी परेर पनि सदरमुकाम सम्म पुगेर राम्रो चेकजाँच गर्न नसकेकि पौडेलले घरदैलोमै सबै चेकजाच गरि निशुल्क औषधि पाउँदा उनी दग मात्र परिनन्, आयोजक टिमहरुलाई धन्यवाद समेत दिईन बुधबार लिमि भुमेकोट सामुदायिक होमस्टेको आयोजना तथा कुश्मा हस्पिटल प्रालिको प्राबिधिक सहयोग रहेको निशुल्क शिविरमा उपचार गराउन आएकि पौडेलको भनाई हो यो

बुढेसकालमा घरमै सेबा लिन पाउँदा अत्यन्तै खुसि लागेको अनुभव सुनाइन धेरै पटक बिरामि परेर पनि सदरमुकाम पुगि राम्रो जाँच गर्न नसकेको समयमा घरनजिक स्वास्थ शिविर आएर सबै रोगको बारेमा जाँच गर्न अबसर पाएको उनले बताइन उनी जस्तै शंकरपोखरीकै माया बिक पनि महिनौदेखि बिरामी परि बिस्तारामै थलिएकि थिईन बजार सम्म पुगेर स्वास्थ जाँच गराउन नसकेकि बिकले पनि सेबा पाएकोमा खुशि देखिन्थिन उनिहरु उदारण मात्र हुन उनीहरु जस्ता करिब सय जनाले निशुल्क उपचार पाएका छन् सोहि वडाका ८९ बर्षिय गंगा प्रसाद भुषाल पनि लठ्ठीकै ईशारामा शिविरमा आईपुगेका थिए

ढाड खुट्टाको समस्याले घरमै थला परेका उनलाई सदरमुकाम सम्म पुगेर उपचार गर्न निकै गार्हो थियो आखा समेत राम्रो सग देख्न नसक्ने भुषाल दैलोमा सेबा पाउँदा खुसि मात्र भएनन् दग परे सुबिधा सम्पन्न अस्पतालमा पुगेर उपचार गराउन नसकेको समयमा दैलोमै सेबा पाउँदा मख्ख परेका थिए

शिविरमा धेरै जसो बृद्धबृद्धा देखि बालबालिकाले स्वास्थ उपचार गराएका थिए ।ग्याष्टिक, जरो, रुघाखोकी, हाडजोर्नी, दम, सुगर लगायतका बिरामिहरु धेरै देखिएको उपचारमा संलग्न चिकिस्सक भक्तm गुरुङले बताए

शिविरमा कामना सेवा विकास बैक, समाजसेबि सन्तोष मल्ल युनियन लाईफमा कार्यरत रुद्र शर्मा को आर्थिक सहयोग रहेको आयोजकले जनाएको कुश्मा अस्पतालले यस अघि पनि जिल्लाका धेरै ठाउँमा निशुल्क प्राबिधिक सहयोग गर्दै आएको अस्पताल प्रमुख तेजेन्द्र अधिकारिले बताए पर्वतको फलेबास नगरपालिकामा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा झन्डै सय बढिले उपचार गराएका छन्

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)