Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

687




पर्बत सेवा समाज युएईको अध्यक्षमा सरोज जिसी
loading...
पर्बत सेवा समाज युएईको अध्यक्षमा सरोज जिसी

साजन परियार, पर्वत जिल्लाको विकास समृद्धिमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको पर्वत सेवा समाज यूएईको चौथो अधिवेशन सम्पन्न भएको बर दुवईको सिल्वर स्पकन रेष्टुडेण्टमा सम्पन्न भएको अधिवेशनले सरोज जिसीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको

समितिको उपाध्याक्षमा रुद्र सुबेदी ,सिता पौडेल  तिलक कुवँर, महासचिवमा कमल लामिछाने,,सचिवमा बिनोद पौडेल , सहसचिवमा राजेन्द्र कार्की सदस्यहरुमा गणेश रोका,धुर्ब आचार्य, बेदनाथ आचार्य, नारायण रेग्मी, खुम जिसी, ‘अविरल, शिशिर शर्मा रिजाल, सुरज के सी, थमबहादुर पुन, वाबुराम क्षेत्री, जयराम शर्मा सिमा लामिछाने मगर लगायत १९ सदस्यीय कार्य समिति गठन गरिएको

बाँकी रहेका पदाधिकारीमा संस्थाको विधान निर्वाचन संहिता अनुसार चयन गरिने संस्थाका महासचिव कमल लामिछानेले जानकारी दिनुभयो साथै अधिवेशनले तिलक सापकोटालाई प्रवक्तामा चयन गरेको संस्थाका गतिविधीलाई प्रभावकारी रुपमा अगडी बढाउन शर्मालाई प्रवक्तामा चयन गरिएको लामिछानेले बताउनु भयो

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् संस्थाका संरक्षक खिमानन्द भुर्तेलले पुरानो कार्य समितिलाई धन्यवाद दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो उहाँले पर्वत समाज यूएईले समृद्ध पर्वत निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो अध्यक्षता आशन ग्रहण गर्नुभएका संस्थाका निर्वतमान अध्यक्ष परशुराम पौडेलले आफ्नो कार्याकालमा सहयोग पु¥याउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, अन्तराष्ट्रिय पर्वत समाज, राजनितिज्ञ, समाजसेवी, बोद्धिक, कलाकार पत्रकार सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो साथै आफ्नो कार्याकालमा संस्थाको गरिमालाई उचाईमा पु¥याउन सफल भएको बताएँदै जन्मभूमि प्रतिको माया सद्भावलाई समृद्धि विकास सँग जोड्न चाहेको बताउनु भयो

कार्यक्रममा अन्तरास्ट्रिय पर्बत समाजका संरक्षक मोहन शर्मा, सल्लाहकार बालकृष्ण अधिकारी, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, गैर आवसिय नेपाली संघ मध्यपुर्व उपसंयोजक गोपाल कंडेल, गैर आवसिय नेपाली संघ यूएईका महासचिव कृष्ण पौडेल लगायत यूएईमा रहेका विभिन्न सामजिक तथा संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो

 दुई चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरणमा कार्यक्रमको संचालन तथा प्रगति प्रतिवेदन संस्थाका महासचिव कमल लामिछानेले गर्नुभएको थियो संस्थाको आर्थिक प्रतिवेदन कोषाध्याक्ष विक्रम पौडेलले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रवक्ता राजु भुर्तेल धन्यवाद मन्तव्य संस्थाका उपाध्याक्ष सिता पौडेलले दिनुभएको थियो

कार्यक्रमका सभापति तथा सस्थाका अधक्ष्यले आफ्नो मन्तब्य राख्दै सस्थाको तेस्रो कार्यसमिति बिगठन गरे लगत्तै निर्वाचन समितिका संयोजकले दोस्रो चरणको कार्यक्रम निर्वाचन समिति संयोजक मणि भुर्तेलले गर्नु भएको थियो मणि भुर्तेलको संयोजकत्वमा गठित सदस्यीय निर्वाचन समितिमा सस्थाका उपाध्याक्ष रामप्रसाद लामिछाने आजिवन सदस्य हरि लामिछाने रहनुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)