Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1785




एनआरएनए आईसीसी एसिया प्यासेफिकको संयोजकमा उम्मेदवारी दिने अजिव गुरुङको घोषणा
एनआरएनए आईसीसी एसिया प्यासेफिकको संयोजकमा उम्मेदवारी दिने अजिव गुरुङको घोषणा

असार २८, पर्वत । गैर–आवसिय नेपाली संघ अन्तराष्ट्रिय समवन्य परिषद -एनआरएनए आईसीसी_ को अधिवेशनमा अजिव गुरुङ ‘ओम’ले एसिया प्यासेफिक संयोजकमा उम्मेदवारी  दिने भएका छन् ।  एनआरएनए जापानको  अध्यक्ष  भई काम गरिसक्नु भएका साथै  ३ पटक आईसीसीको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका  गुरुङले एसिया प्यासेफिक संयोजकमा उम्मेदवारी दिने पर्वत समाज जापानका अध्यक्ष तथा अन्तराष्ट्रीय पर्वत समाजका सचिव सुजन जोशीले जानकारी दिए ।

पर्वत जिल्लाको फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा जन्मिनुभएका गुरुङ लामो समयदेखी प्रवासमा हुनुहुन्छ । आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थ भन्दा गैर आवासिय नेपालीको सम्मानका लागि भएको दावी गरेका छन् । 

नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैर आवसिय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफुले एसिया प्यासेफिक संयोजकमा उम्मेदवारी दिएको उनले बताए । गुरुङ पर्वत समाज जापान तथा अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार समेत हुनुहुन्छ । गुरुङ गैर आवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो ।

गैर आवासीय नेपाली संघ -एनआरएनए_को परिकल्पना, स्थापना र बिकासमा उनको योगदान र भुमिका निकै महत्वपूर्ण मानिन्छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)