Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1790




मिलन डी जि ईन्टरनेशनल प्रा लि लाई राष्ट्रिय पुरस्कार
मिलन डी जि ईन्टरनेशनल प्रा लि लाई राष्ट्रिय पुरस्कार

पर्वत– गुरुङ समुदायमा आधारित चलचित्र ‘भेडी गोठाले’ उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार जितेको छ । चलचित्रले सर्वोउत्कृष्ट आदिवासी जनजाती चलचित्र २०७३ को अवार्ड जितेको हो । यो चलचित्रलाई शुक्रवार राष्ट्रपति विद्या भण्डारीले उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार प्रदान गरेकी हुन् ।

सामजिक अभियान्त एवम् चलचित्र निर्माता दुर्गा गुरुङ ‘मिलन’ले निर्माण गरेको चलचित्र गुरुङ भाषा र सँस्कृतिमा आधारित छ । मिलन डि.जि इन्टरनेशनल प्रा. लि. को प्रस्तुतीमा दुर्गा गुरुङ ‘मिलन’ को पहिलो कोसेली ‘भेडी गोठाले’ ले मेनिफिस्टो फिल्म फेस्टिभल नेदरल्यान्ड, अफिसियल सेलेक्सन, सि=के एफ. फिल्म फेस्टिभल यूके अफिसियल छनोट हुँदै आदिवासी जनजाती चलचित्र महोत्सब अमेरिकामा दर्शक छनोट बिजेता र वेष्ट एक्टोर अवार्ड जित्न सफल चलचित्र हो ।

चलचित्रमा नेपाली युवायुवतीको प्रेम रोमान्स र समसामयिक कथालाई समेटेको छ । उक्त फिल्म व्यवसायिक रुपमा पनि निकै सफल मानिन्छ । जुन फिल्म यस अघि  विश्वका ५÷६ वटा मुलुकमो ब्लक बस्टर शो भईसकेको छ । चलचित्र ‘भेडि गोठाले’दुबई, कतार,नेदरल्याण्ड, युके, अमेरिकाका लगायत सिटीमा प्रर्दशन भईसकेको छ भने पोखरा, काठामाडौं, दोलखा,स्याङ्जा र भारतका हलमा समेत प्रर्दशन भईसकेको छ ।

चलचित्र प्रदर्शनबाट उठेको सर्वै रकम समाज सेवामा खर्च गरेको फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिनुभयो । चलचित्रमा विक्रम गुरुङ ‘हङकङ’ देउकी सिंजाली दीपिका मिलन, विजय गुरुङ मिलन हङकङ, देउकुमारी गुरुङ हङकङको संयुक्त लगानीमा चलचित्रको निर्माण भएको हो ।

फिल्मको कथा तथा निर्देशन गणेश गुरुङ ‘सुवास’ को रहेको छ । चलचित्रलाई लमजुङको ईलाम पोखरी , भारते र तनहुँमा छायांकन गरिएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)