Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1824




अस्पतालमा व्यवस्थापन समितिको पुगेन ध्यान : दन्त सेवा तिन महिनादेखी बन्द
अस्पतालमा व्यवस्थापन समितिको पुगेन ध्यान : दन्त सेवा तिन महिनादेखी बन्द

साउन २, पर्वत । जिल्ला अस्पताल पर्वतमा तिन महिना देखी दन्त सेवा बन्द भएको छ । चिकित्सक तथा स्वाथ्यकर्मी नहुँदा सेवा बन्द भएको हो ।

अस्पतालमा कार्यरत डेन्टल सर्जन डाक्टर सन्तोष पण्डित दुई बर्षिय करार अवधि सकिएर गएपछि सेवा ठप्प भएको हो । डाक्टर नहुँदा दन्त उपचार कक्षमा ताला झुण्डिएको छ । बैशाख देखी बन्द भएको दन्त कक्ष नखुलेकै तिन महिना भन्दा बढि समय भईसकेको छ । दन्त सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।

डाक्टर नहुँदा सेवा लिन पुगेका सेवाग्राही निराश हुँदै फर्किने गरेका छन् । डाक्टर पण्डितको दुई बर्षिय करार अवधि सकिएर गएपछि अस्पतालमा अहिलेसम्म कुनै डाक्टर आएका छैनन् ।

डाक्टर लिन पहल भईरहेको जिल्ला अस्पताल पर्वतकी निमित्त प्रमुख सन्तोषी थपलियाले जानकारी दिनुभयो । ‘हामीले पहल गरिरहेको छौँ थपयालीले उहाँले भन्नुभयो । मन्त्रालयसम्म पुगेर पनि पहल गरौँ । तर, कुनै  सुनुवाई भएन ।

डाक्टर नहुँदा सेवाग्राही मर्कामा परेको खवरले आफुपनि चिन्तित भएको बताएँदै छिट्टै दन्त सेवा सुचारु गरिने थपयालीको भनाई छ ।   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)