Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1831




एनआरएनए पोर्चुगल निर्वाचनमा पर्वतका सुवेदी र कुवँर महासचिव र कोषाध्यक्षमा बिजयी
एनआरएनए पोर्चुगल निर्वाचनमा  पर्वतका सुवेदी र कुवँर महासचिव र कोषाध्यक्षमा बिजयी

पर्वत नेपाल– गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको सातौं अधिवेशनबाट परिषद् सदस्यमा रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भएका छन् ।सन् २०१९–२०२१को कार्यकालका लागि तिलकप्रसाद  गैरे निर्वाचित हुनुभएको छ । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा भिमसेन थापा चुनिएका छन । त्यस्तै अर्र्का उपाध्यक्षमा अशोक गुरुङ र मच्छिन्द्र अर्याल  निर्वाचित भएका छन् ।  महासचिवमा भने पर्वतका हेमराज सुबेदी चुनिएका छन् । कोषाध्यक्षमा पर्वतका बिक्रमजङ कुँवर र युवा संयोजकमा दिनेश भण्डारी बिजयी भएका छन् । अधिवेशन अघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला  संयोजकमा सुशीला थापा, सचिवमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सह कोषाअध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए । कार्यसमिति सदस्यमा मल्लाज माझफाँटका रमेश पौडेल सहित १५ सदस्य पनि निर्विरोध चुनिएका छन् ।

मतगणनापछि आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता बीरबहादुर बलायरले निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरे । संघका अन्तर्रा्ष्ट्रिय परिषद् उपाध्यक्ष कुल आचार्यले सपथ गराए । नवनियुक्त पदाधिकारीलाई निर्देशन दिदै नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपाली पन र सेवा भावका आधारमा काम गर्न सुझाए  । गैर आवासीय नेपालीको साझा समस्या समाधानका लागि सरकार र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन उनले आग्रह गरे ।

त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैर आवासीय नागरिकले अघि सारेका  नागरिकता र अन्य समस्याबारे संघले गरिरहेका प्रयासबारे जानकारी  दिए । त्यसैगरी पोर्चुगलका लागि नेपाली अबैतनिक वाणिज्यदूत मकर हमालले नयाँ नेतृत्वलाई बधाई दिदै समस्या   समाधानका लागि एकजुट हुन आग्रह गरे ।

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे । पोर्चुगलमा करिव २५ हजार नेपाली रहेका अनुमान गरिएको छ । एनआरएनएमा दुई हजार भन्दा बढी सदस्य छन् । यो अधिवेशनमा १ हजार ३ सय ९८ सदस्यले मतदान गरेका थिए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)