Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2681




भाईरलका कारण विद्यालय बन्द
भाईरलका कारण विद्यालय बन्द

भदौ ११, पर्वत । विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द भएको छ । पर्वतको विहादी गाउँपालिका – १ बाच्छामा अवस्थित जनकल्याण मावि केहि दिनका लागि बन्द गरिएको हो । मौसमका कारण एक सय भन्दा बढि विद्यार्थी र शिक्षकहरुलाई ज्वरो आउने, रुघा लाग्ने र टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने जस्ता समस्या देखिएपछि थप संक्रमण नफैलियोस भनेर विद्यालय बन्द गरिएको निमित्त प्रद्यानाध्यापक चित्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले तत्काललाई मंगलवार देखि दुई दिनका लागि विद्यालय बन्द गरिएको र संक्रमण नरोकिएमा पुनः थप गरिने श्रेष्ठले बताउनुभयो । स्थानीय स्वाथ्य चौकीका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरुको भेला बसी गाउँमा थप संक्रमण नफैलियोस् भनेर स्कुल बन्द गर्ने निर्णय गरिएको शिक्षक झलक चापागाँईले जानकारी दिनुभयो । बिरामी परेका शिक्षक तथा विद्यार्थीहरु मध्ये केहिको स्थानीय स्वास्थ्य चौकी, केहिको कुश्मा र पोखरामा उपचार भैरहेको चापागाईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)