Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

669




पर्वत समाज बेल्जियमद्धारा एनआरएनमा निवार्चित पर्वतेलाई स्वागत तथा सम्मान (फोटो फिचर)
loading...
पर्वत समाज बेल्जियमद्धारा एनआरएनमा निवार्चित पर्वतेलाई स्वागत तथा सम्मान (फोटो फिचर)

साजन परियार-कुश्मा_ पर्वत समाज बेल्जियमले गैर आवासीय नेपाली संघ -एनआरएन_ बेल्जियममा निर्वा्चित पदाधिकारीहरुलाई सम्मान गरेको एनआरएन बेल्जियमको निर्वाचनमा निवार्चित पर्वतेहरुलाई रात्री भोजको आयोजना गरि बधाई ज्ञापन गर्नुका साथै सम्मान गरेको हो समाजले एनआरएन बेल्जियमको आईसीसी सदस्य  सुभाष जोशी, उपाध्याक्षमा खड्क केसी, सचिवमा दिपक न्यौपाने ब्रसेल्स क्षेत्रीय संयोजक सुवास भट्टलाई सम्मान गरेको पर्वत समाज बेल्जियमकी सचिव युगमाया पुनले जानकारी दिनुभयो

एनआरएन बेल्जियममा पर्वतेहरुको विजयीले जिल्लाको गरिमा पहिचान उच्च स्थानमा पु¥याएको सचिब पुन बताउनुभयो पर्वतेहरु बिच भातृत्व कायम गरि सम्वन्धलाई थप मजबुत बनाउन कार्यक्रमले सहयोग पुगेको पनि बताउनु भयो सो अबसरमा युरोप भ्रमणमा रहनु भएकी बृद्द आमा धनकला देवी पुनलाई स्वागत तथा सम्मान गरिएको


कार्यक्रममा बोल्दै एनआरएनएका केन्द्रिय उपाध्याक्ष कुल आचार्यले पर्वतेहरुको एकता भाईचारले आफु निकै प्रभावित भएको बताउनु भयो उहाँले पर्वत समाज बेल्जियमले जिल्लाको विकास समृद्धिमा निकै महत्वपूर्ण काम गरेको बताउनु भयो अन्तराष्ट्रिय पर्वत समाजका संरक्षण समेत रहेका आचार्यले जिल्लाको विकास समृद्धिमा सवै एक जुट हुनुपर्नेमा जोड दिनुभयो उहाँले सम्पूर्ण प्रवासीहरुका समस्या हल गर्न एनआरएनलाई नयाँ उचाईमा पु¥याउन आफुले एनआरएनएको अध्यक्ष पदमा उम्मेदावरी दिएको बताउँदै सहयोग गर्न सवैलाई अपील गर्नुभयो साथै असोज २८ २९ मा काठमाडौँमा हुने निर्वाचनमा उपस्थिती हुन सम्पूर्णलाई एनआरएनकर्मीलाई आग्रह समेत गर्नुभयो

गैरआवसिय नेपाली संघका अनरी काउन्सिल एवम् अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक  गोविन्द सुवेदीले पर्वतको विकासका लागि प्रवासमा बसोबास गर्ने सवै बर्ग एवम् समुदाय एक जुट हुनुपर्नेमा जोड दिनुभयो उहाँले निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई ज्ञापन गदै जिल्लाको समग्र विकासका लागि सबै पक्षबीच सक्रिय सहयोग, समन्वय सहकार्य आवश्यक भएको प्रतिक्रिया दिनुभयो 


अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्लाको विकास समृद्धिमा सवैको चासो चिन्ता हुनुपर्नेमा जोड दिनुभयो उहाँले आफुलाई कुनै स्वार्थ नभएको जिकिर गदै आफ्नो स्वार्थ जिल्लाको विकास केन्द्रित भएको जिकिर गर्नुभयो साथै निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै गिरीले जिल्लाको बृहत विकासका लागि भेगिय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गर्नुभयो समग्र जिल्लाको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ गिरीले भन्नुभयो उहाँले अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको जलजला, पैयु गाउँपालिका फलेवास नगरपालिकामा प्रसुती गृह निर्माण गर्न लागेको जानकारी दिनुभयो त्यस्तै उहाँले जलजला गाउँपालिकामा बाढि पहिरो पीडितका लागि वटा घर निर्माण भएको बताउँदै छिट्टै हस्तान्तरण गरिने बताउनु भयो


पर्वत समाजका बेल्जियमका सल्लाहकार,गैर आवासीय नेपाली संघ  आइसिसीको उपाध्याक्ष एवम् अन्तराष्ट्रीय पर्बत समाजका संरक्षक अर्जुन श्रेष्ठले जिल्लाको विकासको सवालमा आफु पनि एक हुन तयार रहेको बताउनु भयो जिल्लाको विकास भए आफुहरुको गरिमा पनि झनै उच्च हुने भन्दो सवै मिलेर जिल्लाको विकास गर्नुपर्नेमा जोड दिनुभयो साथै आफु पनि एनआरएनको अभियानमा अगाडी बढिरहेको हुदा सबै को साथ सहयोग को लागी आब्हान गर्नु भयों

अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहका अर्जुनकुमार श्रेष्ठले जिल्लाको विकासका लागि सवै पर्वतेहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचित पदाधिकारीलाई बधाई दिँदै  प्रवासीहरुको हकहित सँगै जिल्लाको विकासमा लाग्न जोड दिनुभयो ।   

अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले निवार्चित पदाधिकारीलाई बधाई दिँदै पर्वतको विकासका लागि यहाँ बसोबास गर्ने सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिदैं जिल्लाको विकासमा सवै एक ढिक्का भएर अगाडि बढनुपर्ने आवश्यकता औल्याउनुभयो सो अबसरमा सल्लाहकार प्रकाश पौडेल सल्लाहकार दुर्गा गुरूड.,पर्बत वेलफÞेयर युकेका बरिष्ठ उपाध्यक्ष तथा अन्तराष्ट्रीय पर्बत समाजका सहकोषाध्यक्ष बिनोद पुरी , एनआरएन बेल्जियम का अध्यक्ष चित्र सुबेदी लगायतका व्यत्ति एवम् नव निर्वाचित पदाधिकारीलाई बधाई एवम सफल कार्यकालको शुभकामना मन्तब्य राख्नु भएको थियो


पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीले पर्वतेहरु विच भाईचार सम्वन्ध स्थापीत गर्न कार्यक्रम आयोजना गरेको बताउनु भयो समाजले बेल्जियममा बसोवास गर्ने पर्वतेहरुलाई मात्र नभई दुखमा परेका सवै नेपालीलाई सहयोग गदै आएको बताउँदै आगामी  दिनमा पनि रचनात्मक काम गदै अगडी बढ्ने जिकिर गर्नुभयो साथै तिहर लगत्तै संस्थाले किरन पुन को संयोजकत्वमा बृहत् च्यारिटीको आयोजना गर्न लागिएको बताउनु भयों साथै हाम्रा पर्बते निर्वा्चित पदाधिकारीले एनआरएनको मुख्य उद्देश्य, मर्म भावना बमोजिम विशेष गरि बेल्जियम स्थित नेपाली जनसमुदायको हकहितको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो

कार्यक्रमको संचालन राकेश कर्माचार्य स्वागत मन्तब्य  रूद्रमणि लम्सालले गर्नु भएको थियो

सम्बन्धित समाचार ( प्रवास)