Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1977




क्यान्सर पीडितलाई घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण
क्यान्सर पीडितलाई घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण

साजन परियार -कुश्मा_ । क्यान्सर रोगबाट संक्रमित पर्वतको कुश्मा नगरपालिका–४ का क्यान्सर पीडित मिनवहादुर परियार‘खड्के’ को उपचारमा सहयोग स्वरुप पर्वत समाज नेदरल्याण्डले ६० हजार ७ सय ४१ रुपैयाँ नगद सहयोग गरेको छ ।

 पर्वत समाज नेदरल्याण्डका सल्लाहकार एवम् कुश्मा निवासी समाजसेवी विष्णु पोखरेलको सक्रियतामा रकम संकलन भएको थियो । उक्त रकम पर्वत सेवा समाज नेपालका अध्यक्ष मुना भुषाल, सदस्य माधव पौडेल, अच्चुत पौडेल र पत्रकार साजन परियारले पीडितको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

राहात हस्तान्तरण कार्यक्रममा बोल्दै पर्वत सेवा समाज नेपालका अध्यक्ष भुषालले कामको सिलसिलामा विदेश गएका नेपालीहरुले जोगाएर राखेको पैसा सेवामा खर्च गर्नु निकै महान काम भएको बताउनुभयो । विदेशमा दुख गरेका हातहरुले नेपालमा वसेर आर्थिक अभावमा उपचार गर्न नसकेका नेपालीहरुलाई सहयोग गर्नु उदाहरणिय कार्य  भएका बताउँदै दिनदुखीको सहयोग गर्नुनै मानविय धर्म भएको बताउनु भयो । साथै उहाँले पीडित परियारको स्वास्थ्य लाभको कामना गदै मनोबल उच्च बनाउन आग्रह गर्नुभयो ।


अध्यक्ष भुषालले पर्वत समाज नेदरल्याण्डले आर्थिक अभावका कारण समस्यामा परेका थुप्रै व्यक्तिलाई सहयोग गरेको जिकिर गदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पर्वत समाज नेदरल्याण्डका सल्लाहकार विष्णु पोखरेलले पर्वत नेपाल सँग कुराकानी गदै पीडित परिवारलाई धर्यता सँगै मनोवल उच्च राख्न सुझाव दिएको छ । पीडित परिवारलाई आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदै दिनदुखीको सहयोग सँगै जिल्लाको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले संस्था खोलेको पोखरेलको भनाई छ ।

पीडित परियारले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको थियो ।


खड्केलाई सहयोग गर्ने सहयोगी मनहरु :

मनोहरि शर्मा (ठाकुर)

प्रेम रोका

विष्णु पोखरेल

झलक जिसी

भिम रोका

अमिर गुरुङ, 

झलक श्रेष्ठ

मनु गुरुङ

नारायण आचार्य 

अरुण घिमिरे

बेदराम कँडेल


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)