Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2645




पर्वत समाज अमेरिकाको अध्यक्षमा धन(बिरबल) गुरुङ
पर्वत समाज अमेरिकाको अध्यक्षमा धन(बिरबल) गुरुङ

पर्वत– संयुक्त राज्य अमेरिकामा ‘पर्वत समाज अमेरिका’ को साधारण सभा सम्पन्न भएको छ । समाजको सेप्टेम्बर ८ तारिख सम्पन्न भएको साधारण सभाले विधान अनुसार नयाँ कार्य समिति गठन गरेको हो । समितिले धन -बिरबल_ गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्याक्षमा गोपाल चन्द्र लामिछाने, महासचिवमा रमेश सुवेदी, सचिवमा दिपक रिजाल, कोषाध्यक्षमा श्याम राज गुरुङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुनिल पौडेल, कृष्णकुमार जोसी, नारायण ढकाल, जितेन गुरुङ, सम्झना श्रेष्ठ, शकुन्तला पुरी, रमेश शर्मा, रबिन शर्मा, शालिकराम बराल, भिम पुन, खड्का भण्डारी र विष्णु शर्मालाई चयन गरिएको निर्वतमान उपाध्याक्ष गोपाल चन्द्र लामिछानेले जानकारी दिनुभयो । समाजले पर्वत जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने लामिछानेले बताउनु भयो । नयाँ कार्य समितिलाई बधाई ज्ञापन गदै समाजका निर्वतमान अध्यक्ष रुद्र गुरुङले संस्थाको नीति नियम र मर्यादित भएर काम गर्न सुझाव दिनुभयो । सन् २०१२ मा स्थापना भएको पर्वत समाज अमेरिकाले जिल्लाको समृद्धिमा महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ ।

नयाँ कार्यसमितीलाई बधाई दिँदै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्लाको विकासका लागि निःस्वार्थ भावनाले काम गर्न सुझाव दिनुभयो । उहाँले पर्वत जिल्लामा जन्मिएर विश्वभर छरिएर रहेका पर्वतेलाई एकताको सुत्रमा बाँध्न समाज गठन गरिएको जानकारी दिँदै राजनिति र व्यतिmगत स्वार्थ त्यागेर समाजमा आवद्ध आग्रह गर्नुभयो ।

त्यस्तै अन्तराष्ट्रिय पर्वत समाजका उपाध्याक्ष झलक केसी, सह–कोषाध्याक्ष बिनोद पुरी, महासचिव गुणराज शर्मा लगायतले पनि नयाँ कार्यसमितिलाई शुभकामना दिँदै समृद्धि पर्वत निर्माणमा सहकार्य गर्न आह्वान गर्नुभयो । 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)