Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1357




मस्तिष्क पक्षघात रोगबाट पीडित महिलालाई पर्वत समाज जापानद्धारा १ लाख सहयोग
मस्तिष्क पक्षघात रोगबाट पीडित महिलालाई पर्वत समाज जापानद्धारा १ लाख सहयोग

साजन परियार भदौ ३१, पर्वत । मस्तिष्क पक्षघात रोगबाट पीडित पर्वतकी एक महिलालाई जापानवाट सहयोग प्राप्त भएको छ । पर्वतको बिहादी गाउँपालिका–३ रानीपानी निवासी गोमादेवी पराजुलीलाई पर्वत समाज जापानले १ लाख रुपैयाँ सहयोग गरेको हो ।

उपचाररत महिलाको उपचार्थ सहयोग पु¥याउने उद्देश्यले पर्वत समाज जापानका पदाधिकारी तथा अन्य समाजसेवी महानुभावबाट संकलित उक्त रकम विरामीलाई प्रदान गरिएको समाजका उपाध्याक्षका हरि पराजुलीले जानकारी दिनभुयो । पीडित पराजुलीको उपचार्थ सामाजिक सञ्जालमा अपील गरेको देखेर आफुहले सहयोग संकलन गरेको समाजका उपाध्याक्ष पराजुलीले  बताउनु भयो ।

साथै उहाँले पर्वत समाज जापानले अप्ठ्यारोमा परेका व्यक्तिलाई मात्र नभई भैईपरि आउने समस्यावाट पीडित बनेका नेपालीहरुलाई सहयोग गदै आएको  बताउनु भयो । पीडित पराजु्ली एक महिनादेखी काठमाडौँ बाँसबारीस्थित न्यूरो अस्पतालमा मस्तिष्क पक्षघात रोगबाट पीडित भई हाल आईसू कक्षमा उपचाररत छिन् । अस्पतालमा दैनिक ३० हजार रुपैयाँ बुझाउनुपर्ने बाध्यत्मक परिस्थिती रहेको परिवारले जनाएको छ । घरको आर्थिक स्थिती निकै कमजोर रहेको र थोरै भएको जायजेथा पनि उपचारकै क्रममा सकिए पछि पीडित पराजुलीको परिवार अहिले सहयोगको खोजीमा छ ।

 पीडित पराजुलीलाई बचाउन अहिले सामजिक सञ्जाल मार्फत आर्थिक संकलनमा जुटेको आर्थिक संकलन समितिका संयोजक विशन क्षेत्रीले बताउनु भयो । सहयोग गर्न चाहाने महानुभावहरुले प्रभु बैंकको खाता नम्वर ०३९०१००१३१७७७७०००००१ मा जम्मा गरिदिनुहुनको लागि क्षेत्रीले अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)