Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1464




समाजसेवी प्रकाश आचार्यद्धारा क्यान्सर पीडितलाई सहयोग
समाजसेवी प्रकाश आचार्यद्धारा क्यान्सर पीडितलाई सहयोग

असोज ५,पर्वत । क्यान्सर रोगवाट पीडित पर्वतको कुश्मा नगरपालिका –४ का युवा मिन परियारको उपचारमा सहयोग गर्नेहरु थपिदै गएका छन् । उपचारको क्रममा धेरै धनराशी खर्च हुने भएपछि उनको उपचारका लागि सामजिक सञ्जाल फेसबुक मार्फत सहयोगको याचना गरिएको थियो ।

पछिल्लो सयममा उनलाई विभिन्न सामजिक संघ–संस्था र प्रवासीवाट मात्र होईन व्यक्तिगत रुपमा पनि सहयोग गर्नेहरु  बढेका छन् । पीडित परियारलाई शनिवार बागलुङ रामरेखा निवासी, समाजसेवी एवम् निर्माण व्यवसायी प्रकाश आचार्यले व्यक्तिगत रुपमा ३० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । काठमाडौ केडिकल कलेजमा उपचाररत पीडितलाई अस्पतालमा पुगेर आचार्यले सहयोग प्रदान गर्नुभएको हो ।

हैसला प्रदान गर्ने उद्देश्यले सानो रकम सहयोग गरेको आचार्यले बताउनु भयो । एक व्यक्तिले पीडामा परेका अर्को व्यक्तिलाई सेवा गर्नु नै मानविय धर्म भएको बताउँदै अन्य व्यक्तिलाई पनि सहयोग गर्ने प्रेरण मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँको भनाई छ ।

रकम प्राप्त पश्चात सहयोगी मनहरुलाई धन्यवाद दिँदै पीडित परियारले आफ्नो उपचारमा सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिनुभयो । आफ्नो उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परिरहेको बताउँदै सहयोग गर्न सवैलाई अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)