Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 months ago

433




अन्तराष्ट्रिय पर्वत समाजले जलजलाका पहिरो पीडितलाई घर हस्तान्तरण गदै
अन्तराष्ट्रिय पर्वत समाजले जलजलाका पहिरो पीडितलाई घर हस्तान्तरण गदै

पर्वत–पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिने भएको छ । २०७५ साल साउन २ गते मुसलधारे बर्षापछि आएको बाढि र पहिरोको चपेटामा परेर घरबार बिहीन भएका जलजला गाउँपालिका–८ नाग्लीवाङ लस्तीका पहिरो पीडितका लागि अन्तराष्ट्रिय पर्वत समाजले ३ वटा घर निर्माण गरिदिएको छ । उक्त घर असोज १८ गते हस्तान्तरण गरिने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको प्रमुख आतिथ्यता स्थानीयवासीलाई नवनिर्मित भवन हस्तानतरण गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय समाजले जनाएको छ । 

गत बर्ष साउन २ गते रातिदेखि परेको अबिरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको थियो । अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको थियो । समाजले जलजला गाउँपालिका–७ र ८ का पहिरो पीडितलाई आवास बनाउन जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बीचमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र समाजका अध्यक्ष पुरन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार समाजले नौ लाख सहयोग गरेको छ । पहिरो पीडितका लागि आवास बनाउन अन्तरराष्ट्रिय पर्वत समाजका सदस्य रहेका विभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीले सहयोग अभियान सञ्चालन गरेका थिए ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)