Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1762




राष्ट्रिय सभाका अध्यक्ष र अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारी बीच भेटवार्ता : विविध विषयमा छलफल
राष्ट्रिय सभाका अध्यक्ष  र अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारी बीच भेटवार्ता : विविध विषयमा छलफल

 

पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारी बीच भेटवार्ता भएको छ  । बुधवार उहाँकै कार्यकक्षमा अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको नेतृत्वमा पुगेको टोलीले जन्मभूमिप्रति आफुहरुले गरेका र आगमी दिनमा गर्नुपर्ने कामका विषयमा राष्ट्रिय सभाका अध्यक्षलाई जानकारी गराएको थियो ।

पर्वतको आर्थिक विकासमा प्रवासी पर्वतेहरुवाट अपेक्षा गरेको सहयोगवारे समेत कुराकानी भएको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज पौडेलले बताए । ‘पर्वत जिल्लाको विकासमा हामीले थालेको कार्यमा सम्मानिय अध्यक्ष ज्यूको सहयोग मात्रात्मक नभई गुणात्मक हुने अपेक्षा गरेको छौँ’भेटपछि उनले भने,‘हामीले उठाएका विषयमा राष्ट्रिय सभाका अध्यक्ष सकरात्मक बन्नु भएको छ ।’ भेटपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले पर्वत जिल्लाको विकासमा प्रवासी पर्वतेहरुले खेलेको भूमिका प्रशासनिय रहेको बताउनु भयो, महासचिव शर्माले भन्नुभयोे,‘उहाँले जिल्लाको विकासमा सहकार्य गरेर अगडी बढ्न चाहेको बताउनु भयो ।’

उक्त भेटवार्ता कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुवेदी,  समाजका अध्यक्ष पुरन गिरी, महासचिव गुणराज शर्मा, उपाध्याक्ष झलक केसी, सह–कोषाध्याक्ष विनोद पुरी र  समाजका सल्लाहकार मनोहरि शर्मा लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । साथै अन्तराष्ट्रिय पर्वत समाजले असोज १८ गते जलजला गाउँपालिका–८ नाग्लिवाङ लस्तीका पहिरो पीडितका निम्ती निर्माण गरेका घर हस्तान्तरणमा प्रमुख आतिथ्यताको रुपमा निम्तो गरेको छ ।


त्यस्तै समाजको पैयु गाउँपालिका–४ हुवासमा आयोजना गरेको दोस्रो अधिवेशनमा पनि प्रमुख आतिथ्यताको रुपमा निम्तो दिएको अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना दुवै कार्यक्रममा आउने निश्चित भएको समाजका उपाध्याक्ष झलक केसीले पर्वत नेपाललाई जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)