Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1605




राष्ट्रिय बाल शिक्षा सदनमा लगानीकर्ता, शिक्षक र विद्यार्थी वीच शुभकामना आदानप्रदान
राष्ट्रिय बाल शिक्षा सदनमा लगानीकर्ता, शिक्षक र विद्यार्थी वीच शुभकामना आदानप्रदान

साजन परियार–कुश्मा । पर्वतको सदरमुकाम कुश्मा बजारमा संचालित राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासिय माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नजिकिदै गरेका नेपालीहरुका महान पर्व बिजयादशमी, शुभदिपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा विद्यालयका लगानिकर्ताहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरुको बीचमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले निजि बिद्यालयले श्रोत र साधनको अभावमा पनि गुणस्तरिय शिक्षा दिएर सरकारलाई टेवा पु¥याएको बताउनुभयो । उहाँले पर्वत जिल्लाको सबैभन्दा पुरानो निजि बिद्यालयले फड्को मार्दै गरेकोमा थप सफलताको शुभकामना दिँदै अबको शिक्षा गुणस्तरीय र व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो ।

 विद्यालय सन्चालक समितिका अध्यक्ष रूद्रप्रसाद शर्माको अद्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले स्वागत तथा शुभकामना प्रदान गर्दै बिद्यालयका हालसम्म भए गरेका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो । जिल्लाको सबैभन्दा राम्रो पढाई हुने निजि बिद्यालय मध्ये पहिलो भएको बताउँदै ढकालले हामी बाहिरी बढाईचढाई प्रचार प्रसार भन्दा आन्तरिक पठनपाठन र शिक्षक कर्मचारी बीच भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै गुणस्तरिय क्षिक्षा दिने गरेको बतानुभयो ।

हाम्रा बिद्यार्थी बाहिर गएर कुनैपनि प्रतिस्पर्धा तथा १० कक्षा भन्दा माथि अन्यत्र गएर पनि सबै बिद्यालयलाई उछिन्दै उत्कृस्ट नतिजा ल्याएर बिद्यालय र परिवारको नाम राख्न सफल भएको उहाँले बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन बिद्यालयका लेखा प्रमुख अच्युत तिवारीले गर्नुभएको थियो । कार्यक्रम बिद्यालय प्राङगणमा सञ्चालन भई जलपानसँंगै कार्यक्रमको समापन गरिएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)