Correspondent, ParbatNepal
6 years ago
1362
महाअधिवेशनको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विभिन्न बाजागाजा सहित झाँकी प्रर्दशन हुने आयोजकले जनाएको छ । कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ, अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक कुल आचार्य, सुभाष जोशी, संरक्षक गोविन्द सुवेदी, मोहन शर्मा लगायत एनआरएनएका अभियान्तहरु, साँसद, पूर्व साँसद, मन्त्री, स्थानीय तहका जनप्रतिनिधी, पार्टीका प्रतिनिधी, जिल्लामा क्रियाशील संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकार र कलाकारहरुको उपस्थिती हुने अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिए ।
कार्यक्रममा जिल्लाका साँसद, स्थानीय तहका जनप्रतिनिधी, पार्टीका प्रतिनिधी, जिल्लामा क्रियाशील संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकार विशेष उपस्थिती रहने छ । साथै कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
