Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

1 month ago

328




अन्तराष्ट्रिय पर्वत समाजको ऐतिहाँसिक दोस्रो अधिबेशन हुवासमा सम्पन्न
loading...
अन्तराष्ट्रिय पर्वत समाजको ऐतिहाँसिक दोस्रो अधिबेशन हुवासमा सम्पन्न

हुवास, पर्वत असोज २४- अन्तराष्ट्रिय पर्वत समाजको आगामी कार्याकालका लागि फेरि पुरन गिरी चयन हुनुभएको छ । यसअघिको कार्याकालमा पनि गिरीकै नेतृत्व रहेको थियो । पर्वतको पैयुँ गाउँपालिकामा विहिवार सम्पन्न भएको दोस्रो अधिबेशनले नयाँ नेतत्व चयन गरेको हो । ‘समुन्नत पर्वत’ निर्माणको पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजको उक्त ऐतिहाँसिक भेलाले बरिष्ठ उपाध्याक्षमा झलक केसी, उपाध्याक्षमा पशुराम पौडेल, इश्वर जोशी र गोविन्द पौडेललाई चयन गरेको छ । 

महिला उपाध्याक्षमा दिपिका भुषाल, महासचिवमा गुणराज शर्मा ‘गुराँस’, सचिवमा सुजन जोशी, प्रकाश पौडेल, शेषराज तिमिल्सीनालाई चयन गरिएको छ । समाजको कोषाध्याक्षमा बिनोद पुरी,सह–कोषाध्याक्षमा किरण पुन चयन हुनुभएको छ । अधिवेशनले महादेशिय संयोजक अन्तर्गत मध्यपूर्वको संयोजकमा कमल लामिछाने, एशिया प्रसान्त संयोजकमा इन्दिरा तिवारी, उत्तर अमेरिका संयोजकमा गोपालचन्द्र लामिछाने, युरोप संयोजकमा दर्शन गुरुङलाई चयन गरेको छ । अधिवेशनले नेपाल प्रतिनिधी मुना भुषाललाई चयन गरेको हो । ‘समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सम्पन्न भएको अधिवेशनले सदस्यहरुमा रमेश काफ्ले (जापान),हरिप्रसाद पराजुली (जापान), दुर्गा गुरुङ (बेल्जियम),रघुनाथ शर्मा (कतार) विकास लामिछाने ( कतार), राजु भुर्तेल (यूएई), तिलक कुवँर (युएई) दिपक कुवँर (बराईन), सुसन परियार पोल्याण्ड , किरण अर्याल नेदरल्याण्ड्सवाट चयन हुनुभएको छ । 


बिशिष्ट व्याक्तित्वको शुभकामना 

कार्यक्रमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुभयो । तिमिल्सीनाले बिदेशमा आर्जन गरेको पूजीँ स्वदेशमा लगानी गर्न सुझाउनुभयो । उहाँले समद्ध नेपाल निर्माणका लागि सरकारको एक्लो प्रयास मात्रै संभव नरहेकोले प्रवासी नेपालीहरुलाई उद्योग, पर्यटन, उर्जा, कृृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा लगानी गर्न आव्हान गर्नुभएको हो । बिदेश जाने लर्कोलाई रोक्नुपर्ने अहिलेको आवश्यकता रहेको तिमिल्सीनाको भनाई थियो । उहाँले मौलिक हकहरुको कार्यान्वयन गर्न देश समृद्ध र आर्थिक रुपमा सवल बन्नुपर्ने तिमिल्सीनाले जोड दिनुभयो । 

कार्यक्रममा प्रतिनिधीसभाका साँसद पदम गिरीले पर्वत जिल्ला नेपालकै नमूना जिल्लाको रुपमा विकासमा अगाडी बढेको बताउनुभयो । दोहोरो अंकको आर्थिक बृद्धिदर हासिँल गर्ने उदेश्यका साथ सरकारले आफ्ना योजना अघि सारेको गिरीको भनाई थियो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी हातेमालो गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । पर्वत जिल्ला मानव विकास सुचाकंकमा ११ औँ स्थानमा रहेको उल्लेख गर्दै जोशीले यसभन्दा माथि पु¥याउने दायित्व सबै पर्वतेलीहरुको रहेको बताउनुभयो । 

संविधानसभाका सदस्य कल्पना चापागाईले संभावनायुक्त क्षेत्रको पहिचान गरि लगानी गर्न गैह्र आवासीय नेपालीलाई आव्हान गर्नुभयो । कार्यक्रममा गैह्र आवासीय नेपाली संघको आगामी निर्वाचनका प्रत्यासीहरु कुल आचार्य र कुमार पन्तले आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी सहित नेकपा, नेपाली काँग्रेस लगायतका दलका प्रमुख, गैह्र आवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा विभिन्न पदमा प्रत्यासी उम्मेदवारहरु, विभिन्न देशमा रहेको जनसंगठनका प्रमुखहरु, जनप्रतिनिधी लगायतले बोल्नुभयो । 


सहयोगको प्रतिबद्धता

अन्तराष्ट्रिय पर्वत समाजको उक्त भेलामा पर्वतका ३ स्थानमा प्रसुती गृह निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । हुवास, फलेवासको कार्किनेटा र जलजलामा प्रसुती गृह निर्माण गर्न अन्तराष्ट्रिय पर्वत समाजले सहयोग गर्ने यसअघि घोषणा गरेको कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हुवासमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र पर्वत अस्पताललाइ आवश्यक उपकरण सहयोग गरिने भएको छ । त्यस्तै जनसेवा संस्कृत माविमा सबै कक्षामा वाल फेनको व्यवस्था गरिने भएको छ । जिल्लाको समग्र विकासका क्षेत्रमा आवश्यकता अनुसार सहयोग गर्ने निर्णय पनि भेलाले गरेको अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)