Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2260




चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्री युरोपमा
चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्री युरोपमा

पर्वत– चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्री साँगितिक यात्राका क्रममा बेल्जियम पुगेका छन् । पर्वत समाज बेल्जियमको निमन्त्रणमा उनी बेल्जियम पुगेका हुन् । उनलाई बेल्जियम समाजका अध्यक्ष झलक केसी लगायत सिता सापकोटा र सुवास गुरुङको टोलीले एरपोर्टमा पुगेर स्वागत गरेको छ ।

दुई हप्ता यूरोप बसाईमा क्षेत्रीले पोर्तुगल, फ्रान्स, नेदरल्याण्ड, लक्जेम्वर र बेल्जियम लगायत आधा दर्जन देशमा साँगितिक प्रस्तुती प्रस्तुत गर्ने छन् । क्षेत्रीले आगमी आईतवार पोर्चुगलको लिस्वन शहरमा च्यारिटी सो कार्यक्रममा भाग लिने छ । साथै सोमवार नेदरल्याण्डमा कार्यक्रम तय गरिएको पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोकाले जानकारी दिनुभयो ।

 क्षेत्रीले फ्रान्स, लक्जेम्वर लगायतका शहरमा समेत पुगेर साँस्कृतिक कार्यक्रम गर्ने तय भएको आयोजकले जनाएको छ । त्यस्तै दोस्रो साता बेल्जियममा साँस्कृतिक कार्यक्रम गरेर क्षेत्री स्वदेश फर्किने आयोजकको भनाई छ ।

पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा जन्मिएरका क्षेत्रीका ४ सयको संख्यामा गीत रेकर्डेड छन् । उनका बल्लै भो भेट, सुपरी चाम्रो, मधु बनैमा,जापान टोकी, बुट्टै रुमाल जस्ता थुप्रै गित लोकप्रिय छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)