
Correspondent, ParbatNepal
1 month ago
372
.jpg)
पर्वत ।
पर्वत वयलफेयर सोसाईटी
यूकेले नवनिर्वाचित अन्तराष्ट्रिय
पर्वत समाज र
गैर आवसीय नेपाली
संघ (एनआरए) यूकेका विजय पदाधिकारीलाई
सम्मान गरेको छ
। अध्यक्ष नेत्र
आलेको अध्यक्षतामा नोमेम्वर
९ तारिखका दिन
बसेको बैठकले अन्तराष्ट्रिय
पर्वत समाजका अध्यक्ष
पुरन गिरी, कोषाध्याक्ष बिनोद पुरी,
सदस्य भिमलाल भट्टाराई,
प्रकाश न्यौपानेलाई सम्मान
गरेको हो ।
त्यस्तै गैर
आवसीय नेपाली संघ
-एनआरए_ यूकेमा
बिजय हुने सदस्य
सरस्वती केसी, ईनल्याण्ड राज्य परिषद्का
सदस्य प्रकाश न्यौपानेलाई
सम्मान गरेको छ
।
सम्मान गदै संस्थाका संस्थापक अध्यक्ष हितकाजी गुरुङले पर्वतको हितलाई आत्मसाथ गदै काम गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो । पर्वतेहरुको एकताले व्यक्तिलाई मात्र नभई सिँगो जिल्लालाई नै फाईदा पुगेको बताउनु भयो । पर्वतेहरु जहाँभएपनि पर्वतको शिर उच्च बनाएरको जिकिर गदै पर्वतको गरिमालाई हृदयमा राखेर काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै
अन्तराष्ट्रिय पर्वत समाजका
अध्यक्ष पुरन गिरीले
संस्थाले सम्मान गरेर
हौसला प्रदान गरेकोमा
आभार प्रकट गर्नुभयो
। उहाँले पर्वतको
विकास र समृद्धिमा
प्रवासीहरुले खेलेको भूमिका
र गरेको कामलाई
हेरेर टिकाटिप्पणी गर्न
सुझाव दिनुभयो ।
साथै उहाँले भेगिय
र दलगत स्वार्थ
त्यागेर सिंगो पर्वत
जिल्लाको समृद्धिमा लागेको
दावी गर्नुभयो ।
अध्यक्ष नेत्र
आलेको अध्यक्षतामा सम्पन्न
भएको समारोहको संचालन
सचिव प्रकाश न्यौपानेले गर्नुभएको थियो
। साथै सो
बैठकले आगामी डिसेम्वर
२९ तारिखका दिन
बार्षिक साधारण सभा
गर्ने निर्णय गरेको
संस्थाले जनाएको छ
।