Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1704




पर्वतमा गण्डकी प्रदेश स्तरीय खुल्ला ब्याडमिण्टल प्रतियोगिता हुने
पर्वतमा गण्डकी प्रदेश स्तरीय खुल्ला ब्याडमिण्टल प्रतियोगिता हुने

मंसिर , कुश्मा पर्वतमा दोस्रो पटक प्रदेश नम्बर स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिने भएको पर्वत ब्याडमिण्टन संघ पर्वतले मंसिर २६, २७ र २८ गते प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको हो

सदरमुकाम कुश्मा बजार स्थित ब्याडमिण्टन संघको हलमा आयोजना गर्ने लागिएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहने संघका अध्यक्ष प्रेम गुरुङ माईलाले जानकारी दिनुभयो संघले गत बर्ष पनि गण्डकी प्रदेश स्तरिय ब्याडमिण्टल प्रतियोगिता आयोजना गरेको थियो पर्वतमा पछिल्लो समय व्याडमिण्टन प्रतिको आकर्षण बढिरहेको बेला त्यसलाई थप उर्जा दिन प्रतियोगिता आयोजना गरेको व्याडमिण्टन संघ पर्वतका अध्यक्ष गुरुङले बताउनुभयो

साथै संघले गण्डकी प्रदेश स्तरिय सहित डबल सिंगल भेट्नाश ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जनाएको यो प्रतियोगितामा मुलकभरका ४५ बर्ष उमेर समूहका खेलाडीहरुले भाग लिन पाउने छन् प्रतियोगितामा पहिलो हुने विजेताले नगद ४० हजार सहित सिल्ड प्रमाणपत्र  प्राप्त गर्ने छन्

त्यस्तै दोस्रो हुनेले २० हजार तेस्रो हुनेले १५ हजार शिल्ड मेडल प्राप्त गर्ने आयोजकले जनाएका छन् प्रतियोगिताले खेल क्षेत्रको विकास सँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको दाबी  

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)