Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1449




डेढ करोडको लागतमा वहाकी वहुमुखी क्याम्पस भवन निर्माण
डेढ करोडको लागतमा वहाकी वहुमुखी क्याम्पस भवन निर्माण

मंसिर ७, पर्वत । वहाकी वहुमुखी क्याम्पस विहादी पर्वतको नवनर्मित भवनको उद्घाटन गरिएको छ । झण्डै डेढ करोडको लागतमा क्याम्पसमा हालै निर्माण सम्पन्न भएको ८ कोठे भवनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शनिवार उद्घाटन गर्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको भन्दै आर्थिक रुपमा सवल भएमा संविधानमा उल्लेखित सबै अधिकार प्राप्त गर्न सहज हुने भएकाले देशलाई आर्थिक रुपमा सवल बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सीनाले देशलाई समृद्ध बनाउन कर संकलन बढाउनुपर्ने, भष्ट्रचार र अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने र हरेक कारोवार पारदर्शी हुनुपर्ने बताउनुभयो । क्याम्पसको भवन उद्घाटन तथा नवौँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै शिक्षा व्यवसायिक र व्यवहारिक हुनुपर्छ भन्नुभयो । शिक्षा उत्पादनमुलक र व्यवसायिक नवनेसम्म देशले विकास गर्न नसक्ने पनि उहाँले बताउनुभयो ।

 कार्यक्रममा संविधानसभाका सदस्य गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेकपाका केन्द्रिय सदस्य गुप्तवहादुर हमाल, नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोबिन्द पहाडी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम वहाकी वहुमुखी क्याम्पसका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । क्याम्पसको वर्तमान अवस्था र भावी कार्यक्रमको बारेमा क्याम्पस प्रमुख एकनारायण भट्टराइले प्रकाश पार्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)