Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 weeks ago

65




पर्वतका रवि लामिछानेले चढाए बेलायतको शिव मन्दिरमा पाँच सय किलोको शिव लिङ्ग
loading...
पर्वतका रवि लामिछानेले चढाए बेलायतको  शिव मन्दिरमा पाँच सय किलोको शिव लिङ्ग

मंसिर ८, पर्वत । पर्वतका एक समाजसेवी युवाले बेलायतको अल्डरसटमा अवस्थित शिव मन्दिरका लागि शिव लिङ्ग सहयोग गरेका छन् जिल्लाको मोदी गाउँपालिका तिलाहारमा जन्मिएर लण्डनमा व्यवसाय गदै आएका युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले शिव लिङ्ग सहयोग गरेका हुन् उनले बेलायतको अल्डरसट शहरमा निर्माण भएको शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग गरेका हुन् समाजसेवामा निकै रुची राख्ने लामिछानेले मन्दिर भवनका लागि शिब लिङ्ग चढाएर सहयोग गरेका हुन अब यस मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग हुने भएको

लामिछानेले उक्त ५०० किलो बराबरको शिव लिङ्ग बेलायत स्थित नेपाली दुताबासको रोहवरमा हस्तान्तरण गरेका हुन् कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदी शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अध्यक्ष रोहित कुमार गुरुङ लगायत समाजसेबी तथा बेलायतबासी श्रद्धालुहरुको उपस्थिती रहेको थियो

शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अनुसार अहिलेसम्म उपलब्ध सहयोगमध्ये यो सबैभन्दा ठुलो अनुदान भएको बताएका छन्  लामिछानेले यसअघि पनि बेलायत नेपालमा शिक्षा तथा धार्मिक कार्यमा हजारौं पाउण्ड सहयोग गरिसक्नु भएको सेन्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन दिने वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल बाट श्रीमद्भागवत पुराण तथा वेद बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचन समेत गरको थियो

ज्योतिष विज्ञान पौराणिक कथा अनुसार शिव लिङ्ग विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा भक्तजनहरु भाकल गर्ने महादेवको दर्शनका लागि पनि आउने चलन

सम्बन्धित समाचार ( प्रवास)